लेखनाथ निर्माण व्यवसायीको पदस्थापन

समाधान संवाददाता २०८१ भदौ ३ गते ११:०९

लेखनाथ ।
लेखनाथ निर्माण व्यवसायी समितिको सातौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट निर्वाचित टिमलाई आइतबार पदस्थापन गराइएको छ । नवनिर्वाचित कार्यसमितिका पदाधीकारीहरु एवं सदस्यहरुलाई निर्वाचन समितिका संयोजक अधिवक्ता मदनप्रसाद तिवारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

Advertisement


सपथग्रहण कार्यक्रममा आफ्नो प्रतिवद्दता मन्तव्य व्यक्त गर्दै नवनिर्वाचित अध्यक्ष भिम बहादुर नेपाली काइँलाले नेतृत्व चयनको अवस्थामा मत विभाजनको अवस्था आएता पनि सबैलाई समेट्दै एक ढिक्का भएर संस्थाको उन्नयन र विकासका लागि सहकार्य र सहमतीका आधारमा अगाडि बढ्ने बताएका थिए । साथै उनले संस्थाको भवन निर्माण कार्यलाई जुनसुकै हालतमा पनि आफ्नो कार्यकालमा पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।


उक्त अवसरमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, संस्थाका वरिष्ठ सल्लाहकार कर्णबहादुर सुनार, निवर्तमान अध्यक्ष प्रेमबहादुर थापा, संस्थापक अध्यक्ष किसानसिंह गुरुङ, पूर्वअध्यक्ष रामबहादुर गुरुङ, निवर्तमान उपाध्यक्ष भविन पुन, पत्रकार भिमपाणी बराल लगायतले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

Advertisement


संस्थाको शुक्रबार सम्पन्न सातौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले भीमबहादुर नेपाली काइँलाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको थियो ।

नवनिर्वाचित समितीको बरिष्ठ उपाध्क्षमा जीवनकुमार परियार, उपाध्यक्षमा रविलाल सुवेदी, सचिवमा बुद्दराज बस्याल, सह–सचिवमा एकबहादुर नेपाली, कोषाध्यक्षमा तिलकबहादुर नेपाली, सदस्यहरुमा ज्ञानु खड्गी, किरण नेपाली, रामकृष्ण अधिकारी, गोरे पुन र समबहादुर सार्की छन् ।

Advertisement

तपाईको प्रतिक्रिया