सामाजिक संघ संस्थाबाट राज्यको दायित्व पुरा

लेखनाथ ।
कोभिड १९को प्रकोपको समयमा विपद् व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले स्थापना भएको नागरिक परोपकार समन्वय संस्थाको पाचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले आगामी कार्यकालका लागि देवराज पन्थीलाई अध्यक्ष पदमा चयन गरेको छ ।
अगामी दुई वर्षे कार्यकालको लागि सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्ष सोमनाथ जमरकट्टेल, सचिव शिवराज सुवेदी र कोषाध्यक्ष वसन्तराज ढकाल छन् । कार्यसमितिको सदस्यहरुमा क्रमशः शुशिल लामिछाने, रमा नेपाली, भैरवलाल श्रेष्ठ, बाबुराम पौडेल, भुवन श्रेष्ठ, कृष्णप्रसाद ओझा र गोविन्द अधिकारी चयन भएको अध्यक्ष पन्थीले जानकारी दिए ।
पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले अधिवेशनको उद्घाटन गर्दै मानवलाई सेवा गर्ने भावले स्थापना भएको जुन सुकै सस्थालाई महानगरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । आपत विपद्मा परेका समुदायदेखि आर्थिक तथा सामाजिक रुपमा कमजोर वर्गलाई माथि उठाउने दायित्व राज्यको भएको उल्लेख गर्दै उनले जनस्तरबाट स्थापना भएको सस्थाले राज्यको दायित्वलाई कम गरेकोमा आभार प्रकट गरिन् ।
आपत विपद्मा परेका समुदायदेखि आर्थिक तथा सामाजिक रुपमा कमजोर वर्गलाई माथि उठाउने दायित्व राज्यको हो । जनस्तरबाट स्थापना भएको सस्थाको राज्यको दायित्वलाई पुरा गराउन सहयोग छ ।
उनले महानगरपालिकाले सामाजिक तथा मानवीय विकासको क्षेत्रमा विपद् तथा सडक बाल बालिका व्यवस्थापन र ज्येष्ठ नागरिक तथा सामाजिक रुपमा पछाडि परेको वर्ग समुदायको उत्थानको लागि सामाजिक संघ संस्थासँग महानगरको सहयकार्य रहने योजना सुनाइन् ।
कार्यक्रममा पोखरा महानगपालिका वडा नं ३० का वडाअध्यक्ष दुर्गाप्रसाद सुवेदीले स्वास्थ्य महामारी तथा विपद् पूर्व सूचना दिएर आउने भन्दा पनि भैपरी आउने घटना भएको संकेत गरे । उने पूर्व तयारी, सजक तथा सतर्कता अपनाए स्वास्थ्य महामारी तथा विपद्का घटनाबाट जोगिन सकिने तर्क गरे । उनले पूर्व तयारी तथा घटना पछिको व्यवस्थापनको लागि सरोकारवाला निकायका चासो र सहकार्य आवश्यक भएको बताए ।
नागरिक परोपकार समन्वय संस्थाका अध्यक्ष चिरञ्जीवी तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार बाबुराम गिरी, नेपाली कांग्रेस कास्की उपसभापति रामबाबु भण्डारी, नेकपा (एमाले) जिल्ला कमिटिका सदस्य कृष्णप्रसाद अधिकारी, नेकपा (माओवादी केन्द्र)का शिवजी लामिछाने, राष्ट्रिय स्वतन्त्र पाटी कास्कीका सहसंयोजक राजु राई, सस्थाका परिकल्पनाकार तथा पोखरा महानगरपालिका वडा नं ३० का निवर्तमान वडाअध्यक्ष श्रीराम पोखरेल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, पोखरा महानगरपालिका कार्यपालिका सदस्य भीमकुमारी गर्वुजा पुन, संस्थाका सस्थापक अध्यक्ष राजेन्द्र ओझा, उपाध्यक्ष देवराज पन्थी, सचिव गीता जमरकट्टेल लगायतले सामाजिक संघ सस्थाको सिर्जनात्मक र रचनात्मक कामलाई प्रोत्साहन गर्नु पर्नेमा जोड दिएका थिए ।
विस २०७६ सालमा विश्व व्यापी रुपमा फैलिएको कोभिड प्रकोपको कारण जनस्तरमा छाक टार्न समेत समस्या परेका समुदायलाई स्थानीय स्तरमा सहयोग जुटाएर खाना व्यवस्थापन गर्न विस २०७७ भदौं १ गते नागरिक परोपकार समन्वय सस्था स्थापना गरिएको हो । संस्थाले आपत विपद्मा परेकादेखि आर्थिक रुपमा कमजोर वर्गको लागि सहयोग गर्दै आएको छ ।









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया