प्रकृति मानव केन्द्रित जनअभियानको गण्डकी अध्यक्षमा तिलकप्रसाद

पोखरा ।
प्रकृति मानव केन्द्रित जनअभियान नेपालको गण्डकी प्रदेश अध्यक्षमा कास्कीका तिलकप्रसाद पुन पुर्जा चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न जनअभियानको प्रथम गण्डकी स्तरीय भेलाले तिलकको अध्यक्षतामा १७ सदस्यीय प्रदेश समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा पर्वतका विष्णु लामिछाने, सचिवमा पर्वतका आरके अदिप्त गिरी, कोषाध्यक्षमा स्याङ्जाका मनरुपा थापा चयन भएका छन् । त्यसैगरी समितिको सदस्यहरुमा नवलपुरका लोकप्रसाद भुर्तेल र विदुर खरेल, म्याग्दीका श्याम राना र राजेन्द्र राना, कास्कीका शिवबहादुर बराल, पदमकिरण राना, बलराम सिग्देल, ममता गुरुङ र ठाकुर गिरी छन् ।
तनहुँका अनुप प्रकाश पौडेल, पर्वतका भवराज शर्मा, लमजुङका कमला श्रेष्ठ र स्याङ्जाका कृष्णप्रसाद बस्याल पनि सदस्यमा चयन भएको संस्थाले जनाएको छ ।
संस्थाका केन्द्रीय पूर्वअध्यक्ष सन्तबहादुर घिसिङको अध्यक्षतामा प्रदेश स्तरीय भेला तथा समिति चयन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका पूर्वकेन्द्रिय अध्यक्ष उत्तम कँडेल, पूर्वमहासचिव शिवराज आचार्य, केन्द्रीय उपाध्यक्ष बिन्दुराज सापकोटा, पूर्व केन्द्रीय सचिव सारदा केसी लगायतले अभियानको औचित्य बारे प्रकाश पारेका थिए ।
कार्यक्रमको संचालन तिलक पुनले गरेका थिए । सन् २००२ देखि शुरु भएको अभियान हाल नेपालका ५० जिल्लाहरुमा विस्तार भएको बताइएको छ । जलवायु, जंगल अनि कृषिमा देखिएको संकटका कारण यतिबेला यो अभियानको सार्थकता थप बढ्दै गएको बताइन्छ ।









कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
कांग्रेसको आन्तरिक किचलो उत्कर्षमा : महामन्त्रीद्वयले बोलाए पुस २७ मा विशेष महाधिवेशन
जलाउने र ठग्नेको मिलाई
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया