बुद्ध विशाल बजारको सभा

पोखरा ।
बुद्ध विशाल बजार व्यापारिक एसोसियसनको २६ औं साधारणसभा सम्पन्न भएको छ । गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले कार्यक्रम उद्घाटन गर्दै अहिले विश्व नै आर्थिक मन्दीको चपेटामा परिरहेको बताउँदै यस्तो विषम परिस्थितिमा व्यवसायीलाई नआत्तिकन व्यवसाय सञ्चान गर्न सुझाव दिए ।
उनले अवश्य पनि व्यवसायमा सुधार आउने विश्वास व्यक्त गरे । उनले देशमा युवा पलायन लगायत समस्या जिम्मेवार व्यक्तिले जिम्मेवारी पूरा नगर्दा आएको दाबी गरे । उनले भने,‘ चित्र र चरित्र मिलाइएन भने भाषणले मात्रै समाधान दिँदैन ।’
पोखरा ४ का अध्यक्ष देवकृष्ण पराजुलीले आफू सधै ं व्यवसायीको साथमा रहेको बताउँदै व्यवसायीहरूले पनि महानगरपालिकासँग समन्वय गरेर अघि बढ्न आग्रह गरे । उनले लामो समय नवीकरण नभएका व्यवसाय २ वर्षको मात्र भुक्तानी गरेर नवीकरण गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।
पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यले बैंक तथा वित्तीय संस्थाका कारण पनि युवा विदेशिएको दाबी गरे । उनले विद्यार्थीहरुले पार्टटाइम जब र अध्ययनका क्रममा आम्दानी नहुँदा विदेश जान जोड गरेको तर्क गरे ।
संस्थाका कानुनी सल्लाहकार जगन्नाथ ढकालले व्यवसाय नाफा कमाउनेमात्र नभई सेवा पनि हो भन्दै गुणस्तरीय वस्तु र सेवामा व्यवसायीले जोड दिनुपर्ने बताए । उनले घरधनी र व्यवसायीको सम्बन्ध मस्तिष्क र पेटको जस्तो भएको बताए ।
संस्थाका अध्यक्ष इन्द्रराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा बुद्ध विशाल बजार व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर शेरचन, संस्थाका मानार्थ सदस्य तथा सल्लाहकारहरू सुदीप ढकाल र केशवबहादुर खत्री, सल्लाहकार माधव प्रसाद सिग्देल, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सेना, फेन्सी तथा रेडिमेड व्यवसायी संघका अध्यक्ष एकनारायण पनेरू, एसोसियसनका उपाध्यक्ष बुद्धिबहादुर कुँवर, सचिव थमनसिंह गुरुङ, कोषाध्यक्ष शान्ति श्रेष्ठ जोशीलगायतले बोलेका थिए ।
यसैबीच शुक्रराज माविका छात्रा शारदा बराल, सविना रानामगरलाई सम्मानपत्र र नगदले सम्मान गरियो । सभामा एसोसिएसनका उत्कृष्ट व्यवसायी पंकजकुमार अग्रवाल, पुराना व्यवसायी गीताकुमारी तिवारी, अमुल दास, नम्रता शाही, एसोसिएसनका आबद्ध व्यवसायीका छोराछोरीमध्ये प्लस टुमा उत्कृष्ट अंक ल्याएका दीपककुमार गुप्ता लगायतलाई सम्मान गरिएको थियो ।









एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
मुख्य व्यापारिक क्षेत्रमा सभा र जुलुस गर्न रोक
विद्यार्थीलाई कपडा
जनता सहकारीको रक्तदान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया