मनसुनी विपदमा १ सय ९० जनाको मृत्यु

समाधान संवाददाता २०८१ भदौ ४ गते ६:०४
पोखरा । भारी वर्षाका कारण आएको बाढी, पहिरो डुवानलगायत मनसुनी विपदमा परेर सोमबारसम्म १ सय ९० जनाको मृत्यु भएको छ ।  

पछिल्लो २४ घण्टामा मात्रै ८ जनाले ज्यान गुमाएसँगै गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपदमा सोमबारसम्म १ सय ९० जनाको मृत्यभएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । 

प्राप्त विवरणअनुसार काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २७, मधेस प्रदेशमा आठ, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ जनाको ज्यान गएको छ । 

प्रवक्ता कार्कीका अनुसार काठमाडौँ उपत्यकामा ११, कोसी प्रदेशमा ३८, मधेस प्रदेशमा १२, बागमती प्रदेशमा २३, गण्डकी प्रदेशमा ४५, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा ५७ र सुदूरपश्चिम प्रदेशमा ३४ जना गरी दुई सय ३८ जना विभिन्न विपदमा परी घाइते भएका छन् । 

सोही अवधिमा एक सय १४ जनाको उद्धार गरिएको छ । बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई, मधेस प्रदेशमा एक, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ४९ जना बेपत्ता रहेका प्रहरीले जनाएको छ ।

बाढीका कारण तीन सय ८४ घर डुबानमा परेका, तीन सय २७ घर, एक सय १२ गोठ, ५१ पुल, चार विद्यालय दुई सरकारी कार्यालयमा क्षति भएको छ । यस्तै, चार हजार आठ सय १९   परिवार विपद्का घटनाबाट विस्थापित भएका प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । 

Advertisement

तपाईको प्रतिक्रिया