भगवतीटार आमा समूहमा कुमारी

समाधान संवाददाता २०८१ भदौ ४ गते १२:१९

पोखरा ।
पोखरा महानगरपालिका वडा नं १५ द्वारेखरबारी स्थित श्रीभगवतीटार आमा समूहको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशनले कुमारी गुरुङको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

Advertisement


समूहको उपाध्यक्षमा कान्ति गुरुङ, सचिव सीता रानाभाट, सहसचिवमा सलिना गुरुङ, कोषाध्यक्षमा अनिता गुरुङ र सदस्यमा सुकुमी गुरुङ, पार्वती कार्की, विष्णु गुरुङ र पुष्पा गुरुङ सर्वसम्मत बने ।


कार्यक्रममा पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले आमा समूहले गरेका सामाजिक कार्यको प्रशंसा गर्दै वडाबाट हुने तथा व्यक्तिगत सहयोग गर्न प्रतिवद्धता जनाए ।

Advertisement

सो अवसरमा राष्ट्रिय भूमी अधिकार मञ्च कास्कीका संरक्षक आसबहादुर गुरुङ, नेपाली कांग्रेस पोखरा १५ का सभापति सुशील पराजुली, राष्ट्रिय भूमी अधिकार मञ्च गण्डकी प्रदेश अध्यक्ष राम लामिछाने, भूमी अधिकार तथा श्रमिक संगठन पोखरा महानगरपालिकाका अध्यक्ष टेकबहादुर पुन, स्वतन्त्र पत्रकार संघ कास्की अध्यक्ष कृष्ण रानाभाट, सहारा क्लबका उपाध्यक्ष पूर्णबहादुर गुरुङ, रिभर साइट युवा क्लबका अध्यक्ष नारायण भण्डारी, समूहकी संस्थापक अध्यक्ष भीमकुमारी गुरुङ र सेतिगंगा आमा समूहकी अध्यक्ष रमा रानाभाटले बोलेका थिए ।


सभामा समूहकी सचिव कुमारी गुरुङले संस्थाले गरेका गतिविधि तथा प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुस्मिता गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन् । कार्यक्रममा समाजसेवी लीला लामिछाने, भलिबल प्रशिक्षकद्वय ठाकुरप्रसाद गुरुङ र रामबहादुर थापा, एसइई उत्तीर्ण अन्जिला गुरुङ, महेश गुरुङ र वासिकल गुरुङलाई सम्मान गरिएको थियो । कार्यक्रम समूहकी अध्यक्ष शशि गुरुङको अध्यक्षतामा भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया