उद्योग व्यवसायको प्रवद्र्धनमा सहकार्य

पोखरा ।
उद्योग व्यवसायको प्रवद्र्धन गर्ने सन्दर्भमा पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तर्गतका व्यवसाय प्रवद्र्धन केन्द्रले उद्योगी व्यवसायीसँग अन्तक्र्रिया गरेको छ ।
कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स कास्कीको तेस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यलाई सम्मान समेत गरिएको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिए ।
कार्यक्रममा महानगरका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले स्थानीय उत्पादन, सीप र क्षमतालाई अभिवृद्धि गरी रोजगार सिर्जना गर्न सके समग्र आर्थिक क्षेत्रलाई चलायमान बनाउन सकिने बताए । उनले महानगरले व्यवसाय प्रवद्र्धन केन्द्र मार्फत युवालाई स्वरोजगार र उद्यमी बनाउन विभिन्न किसिमको सीपमुलक तालिम दिएको जानकारी दिए ।
पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोलाले उद्योग व्यवसायको प्रदद्र्धन र रोजगारी सिर्जना गर्ने सवालमा सहकार्य गर्ने उल्लेख गरे । उनले सरोकारवाला सबै क्षेत्रको समन्वय र सहकार्यबाट मात्र वर्तमान आर्थिक संकटको हल गर्न सकिने चर्चा गरे । ‘उद्यमशिलताको माध्यमबाट उद्योग व्यवसायको प्रवद्र्धन गर्न सकिन्छ,’ उनले भने, ‘नागरिक स्तरमा उद्यमशीलताको विकास भए आर्थिक समृद्धि सम्भव हुन्छ ।’
व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत अधिकारीले केन्द्रले बजारमा माग भएको रोजगारका लागि लामो अवधिको प्रशिक्षण दिदै आएको जानकारी दिए । केन्द्रले रोजगार प्रवद्र्धनका लागि आवश्यकता अनुसारको तालिम दिने र रोजगार खोज्ने सम्मको तहमा पुर्याउने उल्लेख गर्दै उनले प्रशिक्षार्थी उद्यमी बनेपछि उत्पादन गरेका वस्तुका लागि बजार खोज्न महानगरले सहयोग गरेको जनाए ।
रोजगारीको खोजीमा युवा विदेश पलायन भइरहेको अवस्थामा महानगरले व्यवसाय प्रवद्र्धन केन्द्र मार्फत स्वरोजगार अभिवृद्धिलाई लक्षित गरी विभिन्न सीपमूलक तालिमलाई प्राथमिकताका साथ अघि बढाएको छ ।









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया