१ वर्षमा १७ किमी कालोपत्र

दमौली ।
पूर्वाधार विकास कार्यालय तनहुँले १ वर्षमा १७ दशमलव ७ किलोमिटर सडक कालोपत्र गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा ३० किमी सडक कालोपत्र गर्ने लक्ष्य राखेकामा १७ दशमलव ७ किमी कालोपत्र गरिएको जनाएको छ ।
कार्यालय प्रमुख कृष्ण आचार्यका अनुसार आर्थिक वर्ष २०७९/८० मा ३७ दशमलव ३ किमी सडक कालोपत्र भएको थियो । गत आवमा १० दशमलव ५ किमी कच्ची सडक निर्माण गर्ने लक्ष्य रहेकामा ७ दशमलव ६ किमी निर्माण भएको उनले जानकारी दिए ।
४६ किमी ग्राभेल सडक निर्माण गर्ने लक्ष्य रहेकामा ३५ दशमलव दुई, २० किमी चौडाइ गर्ने लक्ष्य रहेकामा १३.२३, ३० किमी नाला निर्माण गर्ने लक्ष्य रहेकामा २४.८२ किमी नाला निर्माण भएको छ ।
गत आवमा १९ हजार ३७ घनमिटर टेवा पर्खाल, छवटा कजवे, ४ सडक, पुल निर्माण तथा चार वटा भवन मर्मत गरिएको आचार्यले जानकारी दिए । अघिल्लो आवमा २७.४ किमी कच्ची सडक, ८८.२५ किमी ग्राभेल, ३७.३ किमी कालोपत्र, ८९.२ किमी चौडाइ विस्तार र ११२.२५ किमी नाली निर्माण गरिएको थियो ।
तनहुँमा गएको वर्ष ३० किमी सडक कालोपत्र गर्ने लक्ष्य राखिएकोमा १७ दशमलव ७ किमी कालोपत्र भएको छ
कार्यालयले गत आवमा १४ बहुवर्षीय योजना सम्पन्न गरेको प्रमुख आचार्यले बताए । तीमध्ये १० सडक र ४ पुलको योजना रहेका थिए । त्यस्तै ३९ बहुवर्षीय योजना सम्पन्न हुन बाँकी छन् । आचार्यले आर्थिक वर्ष २०७९/८० मा सडकतर्फ २१, सडक पुलतर्फ पाँच योजना रहेकामा गत आवमा सडकतर्फ २०, सडक पुलतर्फ सात योजना थप भएको उल्लेख गरे । सडकतर्फ ३१, सडक, पुलतर्फबाट ८ योजना सम्पन्न हुन बाँकी छन् ।
सो अवधिमा सडकतर्फ १ अर्ब २५ करोड २९ लाख ८८ हजार बजेट रहेकामा १ अर्ब सात करोड पाँच लाख ९० हजार बजेट खर्च भएको छ । सडक पुलतर्फ २१ करोड ४२ लाख ७४ हजार बजेट रहेकामा रु १९ करोड ५७ लाख चार हजार बजेट खर्च भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
सहरी विकास तथा भवनतर्फ ४० लाख तीन हजार बजेट रहेकामा रु ३० लाख तीन हजार, पुँजीगत अनुसन्धान तथा परामर्शमा रु एक करोड १५ लाख ६० हजार बजेट रहेकामा ६० लाख १२ हजार, जनता आवास कार्यक्रममा रु दश लाख बजेट रहेकामा रु ६६ हजारमात्रै बजेट खर्च भएको छ ।
विभिन्न सडक स्तरोन्नति
पूर्वाधार विकास कार्यालयका प्रमुख आचार्यले पसले फौजदारमार्ग स्तरोन्नतिमा ३२ लाख ६ हजार, ल्होचाडाँडा कृषि पर्यटन सडकमा २ करोड ७५ लाख ४६ हजार, कालिका मार्ग चिलाउने चौतारा हुँदै सुन्दरबजार जाने सडकमा १ करोड २ लाख ९६ हजार, छाङ थर्पु मोटर मार्ग स्तरोन्नतिका लागि ५३ लाख ७६ हजार खर्च भएको जानकारी दिए ।
उनका अनुसार तालघरे दुम्सीचौर पोख्रेलफाँट मार्गमा रु एक करोड ३३ लाख ८३ हजार, वाराही रानी मार्ग स्तरोन्नतिमा २ करोड ५७ लाख ३२ हजार, कोटसडक कालीमार्ग सडकमा ८० लाख ६९ हजार खर्च भएको छ ।
भीमगोफा कृषि सडकमा ७१ लाख ६ हजार, सालिग्राम कोरिडोर लोकमार्गमा ९ करोड १ लाख ७६ हजार, बरादी गिरानचौर हिलेखर्क सडकको डुम्रीडाँडा समस्तीपुर सडकखण्डमा ६५ लाख ८४ हजार, बुल्दीखोला पुल शेरा रामथुक्कीमा ६६ लाख २९ हजार, ब्याङ्दीखोला कल्भर्ट योजनामा ३२ लाख ४१ हजार, खहरेखोला सडक पुलका लागि २ करोड ६५ लाख ६७ हजार र लुम्दीखोला पुलका लागि २५ लाख ८२ हजार बजेट खर्च भएको कार्यालय प्रमुख आचार्यले जानकारी दिए । रासस









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया