काठमाडौं उडेको बुद्ध एअर: न काठमाडौं बस्न सक्यो न पोखरा फर्कन, भैरहवामा आकस्मिक अवतरण

पोखरा ।
पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज डाइभर्ट भइ भैरहवा अवतरण भएकाे छ । काठमाडौंको मौसम ठिक छ भन्दै पोखराबाट उडेको सो जहाज काठमाणडौंको मौसम खराब भएपछि ल्याण्ड गर्न पाएन । त्यो जहाज पोखरा फर्किदै गर्दा पोखराको मौसम पनि बिग्रिएको थियो । यहाँ अवतरण गर्न पनि नसक्ने भए पछि भैरहवा डाइभर्ट गरिएको हो ।
बुधबार बिहान ७२ जना यात्रु लिएर उडेको ६६४ एयर अटिआर ७२ नम्बरको जहाज मौसम खराबीका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको पोखरा विमानस्थलले जानकारी दिएको छ ।
पोखरा विमानस्थलका कर्मचारीका अनुसार मौसम खराबी हुँदा बिहान ७ः२५ मा उड्ने तय भएको जहाज सवा ९ बजेमात्र काठमाडौं उठेको थियो । काठमाडौंको मौसम खराबीका कारण करिब २० मिनेर आकासमा फन्को मारेर फर्किएको जहाजलाई पोखरा पनि ल्याण्ड गराउन असम्भव भएकाले भैरहवा पठाइएको नागरिक उड्ययन प्राधिकरणका अधिकारीले जानकारी दिए ।
काठमाडौं अवतरण नभएपछि भैरहवा डाइभर्ट गरेर १०ः२० मा भैरहवामा ल्याण्ड भएको पोखरा विमानस्थलकी सूचना अधिकारी जसोदा रेग्मीले जानकारी दिइन् ।
बिहान पोखरा विमानस्थलबाट २ वटा बुद्ध एयरको जहाज काठमाडौंका लागि उडेको थियो । त्यसयता पोखरा विमानस्थलबाट कुनै पनि उडान हुन सकेको छैन ।
भिजिविलिटीका कारण उडान र अवतरण दुबै ठप्प भएको छ । अझै केहीबेर विमानस्थल खुल्ने अवस्था नरहेको बताइएको छ ।









हेड्स नेपालको विद्यार्थीलाई सहयोग
‘अटेरी’ अभियन्ता गनेस पौडेल रास्वपा केन्द्रीय सदस्य मनोनीत
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन
२ सरकारी कार्यालयको एकीकृत सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
तपाईको प्रतिक्रिया