क्यान्सरबाट प्रभावित रिमाललाई रानीपौवा महिला समूहको सहयोग

पोखरा । क्यान्सर रोगबाट प्रभावित गोकुल रिमाललाई पोखरा ११ को रानीपौवा महिला समूहले आर्थिक सहयोग गरेको छ । महिला समूहबाट संकलित ४४ हजार ४ सय ६५ रुपैयाँ बुधबार पोखरामा एक समारोहका बिच रिमाललाई महिला समूहकी सचिव लिलादेवी पौडेल, कोषाध्यक्ष झलक अधिकारी सहितको अन्य सदस्यहरुले हस्तान्तरण गरेका हुन् ।
८१ जना महिला समूह र अन्य केही सहयोगीहरुबाट उक्त रकम संकलन भएको सचिव पौडेलले जनाइन् । रिमालको स्वास्थ्य उपचारमा थप सहयोग हुने उद्देश्यले आफूहरुले सानो सहयोग गरेको उनको भनाइ थियो । महिला समूहले न्यूनतम २० रुपैयाँदेखि ५ हजार १ सय ५ रुपैयाँसम्म प्रति व्यक्तिको सहयोगमा उक्त रकम संकलन गरेको हो । महिला समूहमा हाल ७१ जना सदस्य आबद्ध छन् ।
बर्दिया घर भई विगत डेढ दसकदेखि पोखरामा ट्याक्सी चलाउँदै आएका ४४ वर्षका रिमालको थप स्वास्थ्य उपचारको लागि सहयोगी मनहरुमा सहयोगको आव्हान समेत गरिएको संस्थाका अध्यक्ष बेबी श्रेष्ठ (गोंगजु) ले बताइन् । तेस्रो वर्षमा प्रवेश गरेको संस्थाले यसअघि आँखा शिविर, फेवाताल सरसफाई, ट्राफिक सचेतना, टोल सरसफाई, डेंगु सचेतना अभियान, गाईजात्रा तथा बाह्र भैरव नृत्यमा सहयोगसहित अन्य महत्वपूर्ण सामाजिक कार्यमा सहयोग र सहकार्य गर्दै आएको अध्यक्ष गोंगजुले बताइन् ।
रिमाललाई विगत २ महिना अघि मात्र दाँतबाट क्यान्सर रोग लागेको पहिचान भएको हो । रिमालको एउटा शल्यक्रिया भए पनि रेडियसन गर्न र किमो लगाउन करिब ५ लाख रुपैयाँ आवश्यक भएको उनले बताए । पत्नी र दुई छोरीको पालन पोषणमा ट्याक्सी हाक्दै हिड्ने गरेका रिमालले उपचारका लागि थप सहयोगको अपेक्षा गरेका छन् ।









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया