पर्यटक बोकेको बस पृथ्वी राजमार्गबाट मर्स्याङ्दीमा खस्यो: १४ जनाको शव निकालियो

समाधान संवाददाता २०८१ भदौ ७ गते १२:३६

पोखरा ।

Advertisement

पृथ्वीराज मार्गको दमौली मुग्लिङ सडक खण्ड अन्तर्गत आँबुखैरेनीको ऐना पहरामा मर्स्याङ्दी नदीमा भारतीय पर्यटक बोकेको बस खसेको छ । पोखराबाट काठमाडौँ हिँडेको यूपी ५३ एफडी ७६२३ नम्बरको भारतीय बस दुर्घटना भएको थियो।

बसमा भारतीय पर्यटक सवार रहेको तनहुँका प्रहरी प्रमुख वीरेन्द्र बहादुर शाहीले जानकारी दिए । उनका अनुसार बसमा ४० यात्रु सवार रहेको अनुमान गरिएको छ । दुर्घटनामा १४ जनाको शव निकालिएको छ। १६ जना घाइतेको उद्धार भएको प्रहरीले जनाएको छ। 

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया