पोखराको सर्वेश्वर–पराजुलीमार्गमा ‘दशैं उत्सव’ हुँदै

समाधान संवाददाता २०८१ भदौ ९ गते ५:३९

पोखरा । सर्वेश्वर व्यवसायी समिति आयोजनामा पोखराको सर्वेश्वर–पराजुलीमार्गमा ‘दशैं उत्सव’ हुने भएको छ । पोखराको ‘सबैभन्दा सस्तो र ठूलो होलसेल बजार’ दाबी गर्ने सर्वेश्वर–पराजुलीमार्गका व्यवसायीहरुको छाता संस्था सर्वेश्वर व्यवसायी समितिले दशैँसहित तिहार, नेपाल संवत्, छठलगायत पर्व अवसरमा ‘दशैं उत्सव’ गर्न लागेको जनाएको हो । समिति अध्यक्ष तुलबहादुर थापा ९राजन० ले व्यवसायको ब्राण्डिङ गर्ने उद्देश्यले चाँडपर्व लक्षित कार्यक्रम गर्न लागिएको बताए ।

यसैबीच, समितिले शुक्रबार स्थानीय व्यवसायीसँग छलफल तथा अन्तरक्रियासमेत गरेको छ । छलफलमा सर्वेश्वर र पराजुलीमार्ग छिर्ने सबैतिरका गेटमा प्रवेशद्वार बनाउने, बजार क्षेत्र सजाइ झकीझकाउ बनाउने तथा झिलीमिली बत्ती बाल्ने तयारीमा जुटेको अध्यक्ष थापाले बताए । समितिले ग्राहकलाई बम्पर उपहार योजना सञ्चालन गर्ने भएको छ ।

अन्तक्र्रियामा समितिका निवर्तमान अध्यक्ष तथा बालकृष्ण भण्डारी, सल्लाहकार प्रेमप्रसाद सुवेदी, एकनारायण पनेरु, नरहरि अधिकारी, आजीवन सदस्य यादव पोखरेल, व्यवसायी नवराज त्रिपाठीलगायतले व्यापार प्रवद्र्धनका लागि गरिने कार्यक्रममा साथ र समर्थन रहने प्रतिबद्धता जनाए ।

Advertisement

समितिले यसअघि पर्वत, बागलुङ, म्याग्दी, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, दाङ, रुपन्देही, स्याङ्जा पुगेर क्यालेन्डर वितरण तथा अन्तरक्रिया गरेर व्यापार प्रवद्र्धन गरेको जनाएको छ ।

चीन, भारत, थाइल्याण्डलगायत देशबाट सिधैँ सामान ल्याएर काठमाडौंभन्दा सस्तो मूल्यमा होलसेल सामान बिक्री गर्ने व्यवसायीको दाबी छ । साथै, आफ्नै र स्वदेशी गार्मेन्टबाट उत्पादित सामान, फेन्सी तथा रेडिमेड सामान, श्रृंगारका सम्पूर्ण कस्मेटिक सामान, काँचो कपडा, जुत्ताचप्पल, व्याग, गिफ्ट तथा खेलौनाका सामान थोक तथा खुद्रा मूल्यमा बिक्री हुने गरेको समिति महासचिव विशाल अधिकारीले बताए ।

Advertisement

ग्राहकको सधैँजसो भिड लाग्ने यहाँ कास्कीसहित छिमेकी जिल्लाका खुद्रा व्यापारीसमेत सामान खरिद गर्न आउने गरेको वरिष्ठ उपाध्यक्ष छविलाल गौतमले बताए ।

तपाईको प्रतिक्रिया