सिभिल बचत तथा ऋण सहकारी संस्थाको पन्ध्रौं साधारण सभा

समाधान संवाददाता २०८१ भदौ ९ गते १५:३२

Advertisement

पोखरा । सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पन्ध्रौं साधरण सभा शनिबार भएको छ ।

संस्थाका अध्यक्ष बालाकृष्ण कोइरालाको अध्यक्षता तथा सभामा उपस्थित संस्थाका ज्येष्ठ सदस्य गंगा तिमिल्सिनाको प्रमुख आतिथ्यता तथा संस्थापक अध्यक्ष धर्मराज बराल (भोला) को विषेश आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कविता भुषाल शर्माले स्वागत मन्तब्य तथा सचिव विनोदप्रसाद लामिछानेले कार्यक्रम सञ्चालन गरेका थिए।

Advertisement

सञ्चालक समिति सदस्य एल के शर्माले संस्थाको सम्पूर्ण गतिबिधिबारे प्रकाश पार्दै बजारमा जसरी सहकारीहरु जोखिममा रहेको गुनासोहरु सुनिएको छ, त्यस्तो हल्लाको पछाडि नलागिकन सिभिल बचत तथा ऋण सहकारीमा निर्धक्क भै बचत गर्न सम्पूर्ण सेयर सदस्य तथा बचत कर्ताहरुलाई आग्रह गरे । संस्थाका व्यस्थापक विष्णुप्रसाद सापकोटाले सम्पूर्ण सेयर सदस्यहरुलाई संस्थाप्रतिको उत्तरदायित्व बोध गराए ।

कार्यक्रममा अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा लेखासमितिको प्रतिवेदन माथि छलफल गरि सर्वसहमतिमा पारित गरिएको थियो भने शिक्षा तथा सांस्कृतिक संयोजक बसन्त बास्तोलाले सेयर सदस्यहरुलाई विभिन्न कार्यक्रम मार्फत मनोरञ्जन दिएको सञ्चालक समिति सदस्य दिपक पौडेलले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया