महेन्द्रपुलमा एप्पलको नयाँ आउटलेट

पोखरा ।
पोखराको महेन्द्रपुलमा एप्पल कम्पनीको नयाँ आउटलेट सञ्चालनमा आएको छ । भदौको पहिलो सातादेखि आउटलेट सञ्चालनमा आएको एप्पल कम्पनीको आधिकारिक बिक्रेता जोय ग्रुपका प्रमुख कार्यकारी अधिकृत मेघराज आचार्यले जानकारी दिए ।
जोय ग्रुपद्वारा काठमाडौंको न्युरोडमा सञ्चालित जोय स्टोर्सको नयाँ शाखाको रुपमा महेन्द्रपुलमा जोय स्टोर्स खुलेको हो । यो ग्रुपले एप्पल कम्पनीका आधिकारिक उत्पादनहरुमा उपभोक्ताहरुको सहज पहुँच होस भन्ने हेतुले सेवा विस्तार गरेको आचार्यको भनाई छ ।
जोयले राजधानी बाहिर पहिलो पटक पर्यटकीइ राजधानी पोखराको महेन्द्रपुलमा आफ्नो शाखा विस्तार गरेको हो । जोय ग्रुपका निर्देशक गुरू शर्मा तथा अध्यक्ष साडर ढकालले हालै महेन्द्रपुलस्थित नयाँ आउटलेटको उद्घाटन गरेका छन् ।
नयाँ आउटलेटमा आकर्षक अफरहरु सहित एप्पल कम्पनीका उत्पादनहरु बिक्री वितरण गरिने आचार्यले जानकारी दिएका छन् । बिक्रीका साथै मर्मत सम्भार तथा एसोसरिजहरुको पनि उपलब्धता रहेको जोय ग्रुपले जनाएको छ । नयाँ आउटलेटबाट एप्पल कम्पनीका पाखरीहरुलाई भरपुर सन्तुष्टि मिल्ने विश्वास ग्रुपका प्रमुख कार्यकारी अधिकृत आचार्यले व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया