सिद्धार्थ बुद्ध टोल विकासमा नयाँ नेतृत्व

समाधान संवाददाता २०८१ भदौ ९ गते १६:३५

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर २९ मा रहेको सिद्धार्थ बुद्ध टोल विकास संस्थाको १९ औं वाषर््िाक साधारण सभा तथा अधिवेशनले सुवेदार चन्द्रबहादुर गुरुङको अध्यक्षतमा नयाँ नेतृत्व चयन गरेको छ ।

Advertisement

निर्वतमान अध्यक्ष समेत रहेका गुरुङलाई पुन सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन भएको हो । समितिको उपाध्यक्षमा दयाप्रसाद नेपाली, सचिवमा संगीता सुनार, सहसचिवमा बिमाकुमारी गुरुङ र कोषाध्यक्षमा मञ्जु सुनार छन् । समितिको सदस्यहरुमा दुर्गाबहादुर गुरुङ, समकुमारी गुरुङ, विष्णुकुमारी नेपाली, दमश्री गुरुङ र पूर्णकुमारी सुनार छन् ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले स्थानीय स्तरको विकास निर्माणमा टोल विकास संस्थाको ठूलो भूमिका रहने भएकाले हाम्रो वडालाई राम्रो वडा बनाउन सामाजिक संघ सस्थाहरुसँग सहकार्य गरेर अगाडि बढ्न आपूm तयार रहेको प्रतिवद्धता जनाएका थिए ।

सोही अवसरमा पोखरा महानगरपालिका वडा नम्बर २९ का निर्वतमान वडाध्यक्ष चेतबहादुर गुरुङले आफनो वडालाई कस्तो बनाउने हो भन्ने सवालमा स्वयं वडावासीमा विकासप्रतिको चाहाना र सामूहिक भावना सिर्जना हुनु पर्नेमा जोड दिएका थिए ।
सिद्धार्थ बुद्ध टोल विकास सस्थाका अध्यक्ष सुवेदार चन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सह सचिव विमा कुमारी गरुङले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष मञ्जु विश्वकर्माले आर्थीक प्रतिवेदन र सचिव संगीता सुनारले संस्थाको प्रगति विवरण पेश गरेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया