सेभेन ए साइड फुटबलमा कस्केरी च्याम्पियन

पोखरा ।
पोखराको पुरानो टुडिखेलमा सम्पन्न एमसी एण्ड वामे प्रिजेन्ट्स सेभेन ए साइड फुटबल प्रतियोगितामा कस्केरी १ च्याम्पियन बनेको छ ।
आयोजक कमिटीका प्रतिनिधि आकाश थपलियाका अनुसार कस्केरी, एट टु नाइन, क्लब डि र सनराइज एफसी अन्तिम चारमा प्रवेश गरेका हुन् ।
पोखरा १ पुरानो टुंडिखेलमा शनिबार भएको फाइनल खेलमा एट टु नाइन एफसीलाई १–० गोल अन्तरले पराजित गदै कस्केरी च्याम्पियन बनेको हो ।
कस्केरीका युडी पुनले निर्णायक गोल गरे । च्याम्पियन बनेको कस्केरीले नगद रु १ लाख, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गयो । भने, उपविजेता बनेको एट टु नाइन एफसीलाई नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजक कमिटीका प्रतिनिधि आकाश थपलियाले जानकारी दिए ।
उनका अनुसार सो प्रतियोगिताबाट सिआर गुरुङ सर्वोत्कृष्ट खेलाडीका रुपमा नगद रु ३ हजारसहित पुरस्कृत भए ।
यस्तै उदीयमान खेलाडीका रुपमा अभिषेक गुरुङ, उत्कृष्ट गोलरक्षकका रुपमा दिप कार्की र सर्वाधिक गोलकर्ताका रुपमा अनुज भण्डारी घोषित हुँदैं जनही २ हजारसहित पुरस्कृत भए । कुल ६१ टिमको सहभागिता रहेको सो प्रतियोगिता गत १ गतेदेखि चलेको थियो ।
विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई वडा प्रहरी बगरका प्रहरी प्रमुख बोधराज रेग्मी, पुरस्कारदाता लगायतले पुरस्कार प्रदान गरेका थिए ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया