लोक सांस्कृतिक समितिमा जगन्नाथ

समाधान संवाददाता २०८१ भदौ १० गते ११:३७

लेखनाथ ।
लोक सांस्कृतिक संरक्षण समितिको शनिबार भएको नवौं अधिवेशनले अध्यक्षमा जगन्नाथ तिमिल्सिनालाई निरन्तरता दिएको छ । जसको उपाध्यक्षमा वसन्त वञ्जारा, सचिवमा कृष्णप्रसाद अधिकारी, सहसचिवमा राजु बराल र कोषाध्यक्षमा रामजी बराल छन् ।

Advertisement


समितिका सदस्यमा हरिभक्त अधिकारी, विष्णुप्रसाद बास्तोला, सुमित्रा बञ्जारा, सारदा बराल, मनोहरि बस्ताकोटी र नारायणप्रसाद पौडेल छन् । समितिले युवा पुस्तालाई संस्कृति हस्तान्तरण गर्न अभियान चलाउने भएको छ । पोखरा महानगरपालिका वडा नं २६ का वडाध्यक्ष नरेन्द्र थापाले लोक संस्कृति संरक्षण समितिले स्थानीय स्तरमा राज्यले गर्नुपर्ने काम गरेको जनाए ।

समितिका अध्यक्ष जगन्नाथ तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा प्राइम कमर्सियल बंैक बुढीबजार शाखाका प्रमुख लक्ष्मण कुँवर, लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष धु्रवबाबु, भट्टराई, उज्ज्वल आमा समूहकी संस्थापक अध्यक्ष सरस्वती बराल, रामज्योति मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुलबहादुर थापा र जनप्रिय सहकारीका अध्यक्ष रवीन्द्रमोहन अधिकारी लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया