एसकाे केन्द्रीय सचिवमा पाेखराका मेयरले उम्मेदवारी दिँदै

समाधान संवाददाता २०८१ भदौ ११ गते ९:४५

पाेखरा ।
नेकपा एसकाे केन्द्रीय पदाधिकारी चयनका लागि निर्वाचनको प्रक्रिया सुरु भएको छ । पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सचिवमा उम्मेदवारी दिने तयारी छ । मेयर निकट स्राेतका अनुसार केही समयमा उम्मेदवारी दर्ता हुनेछ । मंगलबार बिहानदेखि नै एसले पदाधिकारी चयनका लागि बिहान ७ देखि साढे ७ बजेसम्म मनोनयन दर्ताको समय तय गरिएको थियाे । यस्तै दिउँसो १२ देखि १ बजेसम्म उम्मेदवारको अन्तिम नामवली प्रकाशन हुनेछ ।

Advertisement

सर्वसम्मत गराउने प्रयास असफल भएपछि जारी केन्द्रीय कमिटी बैठकमा मतदानको प्रक्रिया अघि बढेको हो । नेताहरूले मतदान प्रक्रियाबाट पदाधिकारी टुंगो लगाउन दबाब बढाएका थिए ।

केन्द्रीय कमिटीमा मतदानबाट पदाधिकारी टुंगो लगाउने कुरामा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको विरोध थियो । पदाधिकारीमा आकांक्षी बढी हुँदा सहमतिमा टुंग्याउन अध्यक्ष नेपाललाई पनि सकस परेको थियो । अन्ततः उनी पनि मतदानमा जान तयार भएका हुन् ।

Advertisement

१८ पदाधिकारीसहित पोलिटब्युरो सदस्यका लागि निर्वाचनको तयारी थालिएको हो । केन्द्रीय सदस्य मतदाता हुने निर्वाचनबाट वरिष्ठसहित ७ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिव चुनिने छन् । आवश्यक परे वरिष्ठ नेता पद पनि सिर्जना गर्नसक्ने निर्णय यसअघि नै गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया