घोरेपानी जाँदै गरेका पर्यटक भुरुंदी खोलाले बगायो, एउटाको शव भेटियो, एक अझै वेपत्ता

समाधान संवाददाता २०८१ भदौ ११ गते १७:२६
फाइल तस्बिर

पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ९, तीखेढुंगाबाट उल्लेरी हुँदै घोरेपानी जाने क्रममा सम्पर्कविहीन स्पेनी पर्यटक ३७ वर्षीय इरिक कासानोभासको शव फेला परेको छ । भुरौदीखोलाको सुदामे भन्ने ठाउँमा मंगलबार दिउँसो साढे २ बजेतिर शव फेला परेको हो ।

Advertisement


कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुंगाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) सम्पर्कविहीन भएका थिए ।


एरिकको टाउकोमा चोक देखिएको र झोला भेटिएभन्दा करिब एक किमी तल शव फेला परेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) वीरेठाँटी चेकपोस्ट इन्चार्ज यामबहादुर गुरुङले जानकारी दिए । भुरुङदी खोलाको पुल नजिक पर्यटकका २ झोला आइतबार साँझ बाटोमा बेवारिसे अवस्थामा भेटिएका थिए ।

Advertisement


कासानोभाससँगै सम्पर्कविहीन ३२ वर्षीया मोलास जुन्का मेसीको भने खोजी जारी छ। आइतबार उहाँहरू म्याग्दीको पर्यटकीय स्थल घोरेपानीसम्म पदयात्रामा जाँदै थिए । सोमबार दिनभर खोजी गरे पनि उनीहरूको अवस्था पत्ता लाग्न नसकेपछि मगलबार गोताखोरसहितको टोलीले खोजी गरिरहेको थियो ।


अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) वीरेठाँटीमा उनीहरूले घोरेपानी जाने विवरण टिपा थिए । बाटोमा झोला झोला भेटिएको नजिकै सुन्दर छहरा भएकाले त्यही फोटो खिच्ने क्रममा उनीहरू चिप्लिएको हुन सक्ने अनुमान छ ।

Advertisement

तपाईको प्रतिक्रिया