अशोकराज सिग्देल प्रधान सेनापतिमा नियुक्त

समाधान संवाददाता २०८१ भदौ १२ गते १४:४२

पोखरा । नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन्।

Advertisement

यही २४ गतेदेखि लागु हुनेगरी राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार उनलाई प्रधान सेनापतिमा नियुक्त गरेका हुन्।

प्रभुराम शर्माको कार्यकाल २४ गतेदेखि समाप्त हुँदैछ। त्यसकारण उनलाई सोही दिनदेखि लागु हुनेगरी प्रधान सेनापतिमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

Advertisement

प्रधान सेनापति शर्मा कार्यकाल समाप्त हुनु एक महिना अघिदेखि बिदामा बसेका थिए। उनी बिदामा बसेपछि सिग्देलले कायममुकायम ९कामु० प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए।

Advertisement

तपाईको प्रतिक्रिया