‘सुजुकी पर्वोत्सव अफर’, ४ लाखसम्म छुट

काठमाडौं ।
नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्स अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आउँदै गरेका महान् चाड दसैँतिहारलाई लक्षित गर्दै आकर्षक ग्राहक योजना सार्वजनिक गरेको छ । कम्पनीले दसैँतिहारको अवसर पारेर ‘सुजुकी पर्वोत्सव अफर’ नामक योजना सार्वजनिक गरेको हो ।
उक्त योजनाअन्तर्गत ग्राहकले ४ लाख रुपैयाँसम्मको नगद छुट, १ वर्षको सवारी बीमा, २० हजारसम्मको लोयल्टी बोनस, १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस र सिट कभरसहितको एसेसरिजहरू पाउन सक्ने कम्पनीले जनाएको छ । कम्पनीले नाडा अटो शोको अवसर पारेर प्रदर्शनी अवधिभरमा सुजुकीका गाडी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्डमार्फत थप २ लाख रुपैयाँसम्म छुट प्रदान गर्ने घोषणा पनि गरेको छ । यसमा केही सर्तहरू भने लाग्ने कम्पनीको भनाइ छ ।
नाडा अटो शोमा सुजुकीले सार्वजनिक गरेको चौथो संस्करणको नयाँ एपिक स्विफ्ट इलेक्ट्रिक कारमा जस्तै ५ वर्षका लागि शून्य रनिङ खर्च हुने गरी अफर पनि ल्याएको छ । यो अद्वितीय योजनाले नयाँ स्विफ्ट ग्राहकहरूले रनिङ खर्चको बोझबिना ढुक्कको ड्राइभिङ अनुभव लिन सक्ने कम्पनीले जनाएको छ ।
यस्ता छन् योजनाका मुख्य विशेषता
शून्य रनिङ खर्चः एपिक स्विफ्ट खरिद गर्ने नयाँ ग्राहकले ५ वर्षसम्म पेट्रोलमा खर्च गर्नुपर्ने छैन भने ५ वर्षका लागि मर्मत सम्भार र पीएमएस पार्ट्स र इन्जिन आयलमा पनि केही खर्च गर्नुपर्ने छैन । कम्पनीको मापदण्डअनुसारका ११ वटै नियमित सर्भिसमा पनि शुल्क नलाग्ने ।
निःशुल्क अटो बीमा र एसेसरिजः यो योजनामा थप १ वर्षको बीमा र सिट कभरसहितको सुजुकी जेन्युन एसेसरिजहरू पनि निःशुल्क पाइने ।
थप अतिरिक्त वारेन्टी र एक्सचेन्ज बोनसः बिक्रीपछिको रिसेल भ्यालुप्रति मनोबल अझै बढाउन ५ वर्षपछि २ लाख एक्सचेन्ज बोनस ग्यारेन्टी र ५ वर्षको ढुक्क वारेन्टी ।
उच्च रिसेल भ्यालुः एपिक स्विफ्ट गाडी विगतदेखि उच्च रिसेल भ्यालु भएको गाडी हो, थप एक्सचेन्ज बोनसले ग्राहकलाई भविष्यमा बिक्री गर्नुपर्दा पनि फाइदा हुने ।
यस योजनामा केही सर्तहरू लागू हुने कम्पनीले जनाएको छ । यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै शोरूमहरूमा पनि लागू हुने र सुजुकीका विभिन्न मोडेलका कारहरूबमोजिम फरकफरक किसिमका छुटहरू लागू हुने कम्पनीले बताएको छ ।
नाडा अटो शोमा सुजुकीले चौथो संस्करणको नयाँ एपिक स्विफ्ट पनि सार्वजनिक गरिसकेको छ । नयाँ एपिक स्विफ्टसँगै नाडा अटो शोमा सुजुकीका नयाँ एसयूभीहरू जिम्नी, फ्रोन्क्स, ग्रान्डभितारा र नयाँ ब्रेजा पनि प्रदर्शनीमा रहेको कम्पनीले जनाएको छ । यो योजना सीमित अवधिका लागि मात्र जारी गरिएको छ ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया