आई केयर फाउन्डेसनको वार्षिकोत्सव

पोखरा ।
आई केयर फाउन्डेसनको ४० औं वार्षिकोत्सव पोखरामा पनि विशेष कार्यक्रम गरी मनाइएको छ । फाउन्डेसनले पोखराको हिमालय आँखा अस्पताललाई स्थापनादेखि नै सहयोग गर्दै आएको छ ।
कार्यक्रममा फाउन्डेसनकी बोर्ड डाइरेक्टर इन्दिरा रोम्लेले लक्ष्य प्राप्तिका लागि हिमालय आँखा अस्पतालले गरेका कामको प्रशंसा गरिन् । उनले आँखा उपचारका लागि आवश्यक नेटवर्क विस्तार सँगसँगै गुणस्तरमा पनि विकास गरेकोमा देख्दा खुसी लागेको उनको भनाइ छ ।
नेपाल नेत्रज्योति संघका केन्द्रीय सभापति प्राडा चेतराज पन्तले नेपालमा अन्धोपन र आँखाका रोगहरुको निवारण र उपचारमा फाउन्डेसनको सहयोग चिरस्मरणीय र उल्लेखनीय रहेको जनाए । उनले पिछडिएका क्षेत्रमा अझै ठूलो समुदाय आँखा उपचारको पहुँचमा नरहेको उल्लेख गर्दै फाउन्डेसनको सहयोगको निरन्तरताको अपेक्षा गरे ।
नेत्रज्योति संघ कास्की सभापति वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले गण्डकी, धौलागिरी र कर्णालीमा आँखाको उपचारका लागि अस्पतालले चालेका कदमबारे प्रकाश पारे । उनले भने, ‘आँखा उपचारको क्षेत्रमा नयाँ चुनौती देखिएका छन्, ती चुनौती सामना गर्न नयाँ प्रविधि जरुरी छ । त्यसका लागि फाउन्डेसनसहित सबैको सहयोग मिल्ने अपेक्षा गरेका छौँ ।’
कार्यक्रममा फाउन्डेसनका कन्ट्री डाइरेक्टर अनिल गोर्खाली, संघ कास्की सचिव नारायण बराल, म्याग्दी शाखा सभापति अमर बानियाँ लगायतले बोलेका थिए ।
५१ बेडको यो अस्पतालले नेपालको २५ प्रतिशत भूभागमा बस्ने १० प्रतिशत जनसंख्यालाई सेवा दिइरहेको अस्पतालकी मेडिकल डाइरेक्टर प्राडा इलिया श्रेष्ठले जानकारी दिइन् । यो अस्पतालले आँखाका रोगको उपचार, जनचेतना, शिविरसँगसँगै आँखाबारे औपचारिक शिक्षासमेत दिइरहेको छ ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया