तारा पहारीको नेतृत्वमा पोखरा पर्यटन परिषदको नयाँ समिति

पोखरा ।
पोखरा पर्यटन परिषदको अध्यक्षमा तारानाथ पहारी चयन भएका छन् । परिषदको बुधबार पोखरामा भएको २४ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशनबाट गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशका संस्थापक अध्यक्ष पहारी अध्यक्ष चुनिएका हुन् ।
२ वर्षे कार्यकालको लागि निर्वाचित परिषदका सदस्यमा हरि भुजेल, चौबहादुर गुरुङ, बाबुराम पाण्डे, निम मगर, जीवन सापकोटा र नारायण सुवेदी छन् । अन्य पदाधिकारीसहित थप ३ सदस्य पछि चयन हुने छन् ।
कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले पोखरामा पर्यटकको बसाई अवधि लम्बाउन वाटर स्पोट्र्ससम्बन्धी गतिविधि गर्नुपर्नेमा जोड दिए ।
समारोहमा पोखराका अग्रज पर्यटन व्यवसायी हरिप्रसाद पौडेललाई सम्मान गरिएको छ । होटल बाराहीसहित नेपालको पर्यटन क्षेत्रमा विभिन्न ठाँउमा पर्यटन क्षेत्रमा लगानी गरी पर्यंटन क्षेत्रमा उल्लेखनीय योगदान गरेकोमा पौडेललाई सम्मान गरिएको हो ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया