लोकराज किसान संघ केन्द्रीय सदस्य

पोखरा ।
पोखरा महानगरपालिका वडा नं ६ बैदाम निवासी लोकराज पहारी किसान संघको केन्द्रीय सदस्य मनोनित भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनलाई किसान संघमा मनोनित गरेको मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।
पहारी ताल वाराही माध्यमिक विद्यालयमा नेविसंघको संस्थापक सभापति थिए । उनी सोही विद्यालयका पूर्व शिक्षक तथा नेपाल शिक्षक संघ कास्कीका आजीवन सदस्यसमेत हुन् । पहारी पोखरा ५ स्थित धर्मस्थली आधारभूत विद्यालयका पूर्व प्रधानाध्यापक हुन् ।
हाल नेपाली कांग्रेस वडा इकाइ ६ बैदामका क्षेत्रीय प्रतिनिधिसमेत रहेका पहारी नेपाल किसान संघ कास्कीको पूर्वअध्यक्ष, क्षेत्रीय अध्यक्ष हुँदै केन्द्रीय सदस्य बनेका हुन् । उनी राजनीतिकसँगै विभिन्न सामाजिक, शैक्षिक क्षेत्रमा सक्रिय छन् । लामो समय राजनीति गरे पनि उनी लाभको पदमा भने पुगेका छैनन् ।
पहारीले एमनेस्टी इन्टरनेसनल ८२ को संस्थापक सदस्य भएरसमेत काम गरेका थिए । उनीसँगै कास्कीकै लेखबहादुर गुरुङ, लमजुङका गणेश चिलवाल र बुद्धिबहादुर गुरुङ, स्याङ्जाका पवन नेपाल र भोजराज गुरुङसहित ५१ जना संघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया