जननी तीज संवाद तयारी

पोखरा ।
तीज २०८१ को अवसरमा रेडियो जननीले ’जननी तीज संवादः उद्यमीका आवाज’ नामक सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
तीजलाई आर्थिक सशक्तीकरणसँग जोड्दै उद्यमशील समाज बनाउने उद्देश्यसहित कार्यक्रम गर्न लागेको अध्यक्ष हीरा भट्टराईले बताइन् । भदौ १५ गते हुने कार्यक्रमले महिला उद्यमशीलता, स्वतन्त्रता, र समानताको महत्वलाई उजागर गर्ने उनको भनाइ छ ।
रेडियोकी प्रस्तोता एवं कार्यक्रम संयोजक जमुना वर्षा शर्माले नयाँ महिला उद्यमीलाई प्रोत्साहन गर्दै उनीहरुको प्रेरणादायी यात्रालाई प्रकाश पार्ने र समाजमा उनीहरूको योगदान उजागर गर्ने लक्ष्य सुनाइन् । कार्यक्रममा विभिन्न महिला उद्यमीका अनुभव र विचार प्रस्तुत गरिनेछ ।
कार्यक्रममा सहभागी हुनका लागि महिला उद्यमी, सामाजिक अभियन्ता लगायतलाई अनुरोध गरिएको छ । यो प्रयासले महिला उद्यमशीलता प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने अपेक्षा राखिएको रेडियोकी समाचार प्रमुख उमा आलेले जनाइन् ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया