तीजको खर्चबाट विद्यालयमा अक्षयकोष

गण्डकी ।
नेपाली महिलाहरुको महत्वपूर्ण पर्व हरितालीका तिजमा दर खाने खर्च कटाएर यहाँको एक आमा समूहले सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । तीज पर्व होटल र पाटी प्यालेसमा भोज खाएर नभई शिक्षा क्षेत्रमा लगानी गरी मनाउने लक्षयका साथ पोखरा महानगरपालिका वडा नम्बर १७ स्थित ढुंगेसाँघु सीतापाइला आमा समूहले स्थानीय जानकी माविमा ५१ हजार १०५ रुपैयाको अध्यक्ष कोष स्थापना गरेको हो ।
विद्यालयमा आयोजित एक कार्यक्रमका बिच उक्त रकम बरावरको चेक विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको थियो । सामूहिक रुपमा दर खाने रकम संकलन गरी विद्यालयमा अक्षयकोष स्थापना गरेको समूहकी अध्यक्ष सीता काप्mलेले जानकारी दिइन् । ‘समाजका विपन्न एवं असहायको शिक्षाको अध्ययन थलो बनेको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सहयोग पुग्ने विश्वास समुहले लिएको छ,’ उनले भनिन्, आवश्यकता अनुसार समुहले सहयोगलाई निरन्तरता दिने छ ।’
यसअघि विद्यालय सञ्चानार्थ वडा सदस्य शिवराम भण्डारीले ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए । सरकारी एक वर्षको सेवा सुविधा ३ लाख र २ लाख थप गरि विद्यालयमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको प्रधानाध्यापक अर्जुन कँडेलले जानकारी दिए । विद्यालय सञ्चानार्थ १ करोडको अक्षयकोष पुर्याउने लक्ष्यका साथ स्थापना भएको कोषमा हालसम्म विभिन्न संघसंस्था एवं व्यक्तिबाट लगभग १५ लाख संकलन भएको उनको भनाइ छ ।
कार्यक्रममा पोखरा १७ का वडासदस्य शिवराम भण्डारी, विद्यालय व्यवस्थापन समितिका सदस्य हरिप्रसाद बास्तोला, शिक्षक अभिभावक संघका अध्यक्ष विक्रम भण्डारी लगायतको सहभागिता थियो । विद्यालयका शिक्षक तुलसी गिरीका अनुसार सो विद्यालयमा हाल ३७५ जना विद्यार्थी अध्ययनरत छन् । पछिल्लो समय निजी विद्यालय छोडेर सामुदायिक विद्यालयमा पठनपाठन गर्ने क्रम बढेको छ ।









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया