चाँदनी दिदीबहिनी समूहको साधारणसभा

समाधान संवाददाता २०८१ भदौ १४ गते ११:५८

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. १४ स्थित चाँदनी दिदीबहिनी समूहको तेस्रो वार्षिक साधारणसभा तथा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement


कार्यक्रम उद्घाटन गर्दै पोखरा १४ का वडाध्यक्ष बोधबहादुर कार्कीले चाँदनी दिदीबहिनी समूहले स्थापना कालदेखि नै निकै रचनात्मक र महत्वपूर्ण काम गर्दै आइरहेको भन्दै प्रशंसा गरे । उनले समूहले गर्ने प्रत्येक महत्वपूर्ण कार्यक्रममा वडा कार्यालयले साथ दिने प्रतिवद्धतासमेत जनाए ।


चाँदनी टोल विकास संस्थाका अध्यक्ष ईश्वर श्रेष्ठले दिदीबहिनी संगठित भएर संस्थामा लागेसँगै निकै जागरुक भएको बताए । चाँदनी टोल विकास संस्थाका संस्थापक अध्यक्ष ओम श्रीसले चुलो र चौकामा सीमित दिदीबहिनी सामाजिक कार्यमा अग्रसर हुनु स्तुत्य कार्य भएको बताए ।

Advertisement


उनले सामाजिक काममा दिदीबहिनीले खेलेको भूमिका निकै प्रशंसा गर्न योग्य रहेको स्पष्ट पारे । समाजसेवी व्यक्तित्व दयाशंकर गौतमले दिदीबहिनीले अझ धेरै रचनात्मक काम गर्न आवश्यक रहेको बताए ।


समूहकी अध्यक्ष निर्मला थपलिया पाठकले सबैको साथ र सहयोगले आफूहरु अघि बढ्न सम्भव भएको भन्दै सहयोग गर्ने सबैप्रति आभार प्रकट गरिन् ।

Advertisement


समूहकी अध्यक्ष पाठकको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष दिलु पुनले स्वागत, कोषाध्यक्ष मधु बस्यालले आर्थिक प्रतिवेदन प्रस्तुत र कार्यक्रम सञ्चालन सतिव विष्णु रावलले गरेकी थिइन् । कार्यक्रममा समाजसेवी दयाशंकर गौतम, सीता गुरुङ र दिलु पुनलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया