पोखरामा जेएनबिए

पोखरा ।
जेसीआई पोखराको आतिथ्यतामा भदौ ७ देखी १० गतेसम्म पोखरामा जेसीआई नेपाल बिजनेस एकेडेमी (जेएनबीए–२०२४) आयोजना गरिएको छ । कार्यक्रमले देशभरका युवा व्यवसायी तथा पेशाकर्मीलाई समट्दै व्यवसायिक रणनीति निर्माण र उद्यमशीलता विकासमा सघाएको आयोजकको दाबी छ ।
४ दिनको आवासीय कार्यक्रम सुरुआत गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गरेका थिए । अन्तर्राष्ट्रिय प्रशिक्षक हिमाद्री शैलेन्द्र सिन्हा तथा सिए चेतना जैनसहित बुटवल जेसीजका पूर्व अध्यक्ष राजीव गौतमले देशभरीबाट सहभागी ६२ प्रशिक्षार्थीलाई प्रशिक्षण दिएका थिए ।
पोखराका प्रतिष्ठित व्यवसायी गणेशबहादुर भट्टराई तथा प्रकाशदेव पालिखेले ‘फायर साइड टक’मार्फत व्यावसायिक चुनौती र सम्भावनाबारे छलफल गरेका थिए । राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका कम्पनीहरु रारा चाउचाउको उत्पादक गण्डकी नुडल्स, भिजन नेपाल, हिमालयन लाइफ लगाएतका १० बिभिन्न व्यावसायी र प्रशिक्षार्थीबिच ‘बिजनेस एक्सचेन्ज मिट’समेत भएको थियो ।
कार्यक्रम समग्र नेपाल जेसीजका लागि फरक ब्रान्ड स्थापित गर्न सक्षम बनेको कार्यक्रमका मुख्य संयोजक पोखरा जेसीजका पूर्व अध्यक्ष किरण केसीले दाबी गरे । पोखरा जेसीजका अध्यक्ष देवराज शर्माले पोखरा जेसीजले स्वर्ण वर्ष प्रवेश गरेको अवसरमा वर्षभरी बिभिन्न कार्यक्रम गरी मनाउने लक्ष्य राखेकोमा यस कार्यक्रमले आवश्यकता अनुरुप युवाको क्षमता बढाउने जनाए ।
कार्यक्रम नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रबिन पोख्रेलको अध्यक्षतामा भएको हो । नेपाल जेसीजको राष्ट्रिय कार्यक्रम बिजनेस एकेडेमीलाई सफल आतिथ्यता गरेको पोखरा जेसीज सन् १९७५मा स्थापना भएको हो । यसले स्थापना कालदेखि नै युवा केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको छ ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया