दीपशिखा पुस्तकालयमा वक्तृत्वकला प्रतियोगिता

पोखरा ।
पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यका साथ १७ औं पुस्तकालय दिवस मनाएको छ ।
सो अवसरमा ‘पठन संस्कृतिको विकासमा पुस्तकालयको भूमिका’ विषयमा वक्तृत्वकला प्रतियोगिता भएको छ । लेखनाथ क्षेत्रका १९ संस्थागत तथा सामुदायिक विद्यालयका कक्षा ८, ९र १० का २९ विद्यार्थी सहभागी रहेको प्रतियोगितामा डायमन्ड माविकी अंकिता आचार्यले प्रथम स्थान हाँसिल गरिन् ।
प्रतियोगितामा जनप्रकाश माविकी अनुषा काफ्ले दोस्रो बन्दा डायमन्डकै स्वस्तिका देवकोटा तेस्रो भइन् । गोगन माविकी सुजाता पौडेल र रिलायन्स पब्लिककी दीपशिखा क्षेत्री क्रमशः चौथो र पाँचौं ठहरिए ।
कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदीले पठन संस्कृतिको विकास गर्नका लागि पुस्तकालय दिवसले प्रोत्साहित गरिरहेको वताए ।
दीपशिखा सामुदायिक पुस्तकालयका कोषाध्यक्ष माधव भण्डारी र त्रिवेणी इन्टरनेसनल कलेजका सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेल निर्णायक थिए ।
पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको प्रतियोगितामा कार्यक्रम संयोजक विष्णुहरि पौडेल, वडा नं २९ की वडा सदस्य निर्मला पौडेल लगायतले बोलेका थिए ।









कवितागाउँ’ लुम्लेमा विनोद गौचनको सालिक अनावरण : १२औं स्मृति दिवसमा स्रष्टाको सम्मान
पोखरामा ३६ जना ‘गाइड’ लाई चरा चिनाउने तालिम : बर्ड टुरिजम प्रवर्द्धनमा टेवा
आन्दोलनमा जलेको राजस्व कार्यालयलाई पोउवा संघले दियो कम्प्युटर
फागुन २१ को चुनावका लागि १६५ निर्वाचन अधिकृत नियुक्त : माघ २ भित्र कार्यालय खोल्नुपर्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया