हेभी इक्युपमेन्ट कास्कीमा किशोर, गण्डकीमा प्रेम

पोखरा ।
नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ कास्की अध्यक्षमा किशोरप्रसाद गौतम सर्वसम्मत भएका छन् । संघको शनिबार भएको सातौँ साधारणसभा तथा चौथो अधिवेशनले गौतमको अध्यक्षतामा आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो ।
उपाध्यक्षमा श्याम सुवेदी, सचिव कृष्ण पौडेल, सहसचिव अर्जुन अधिकारी र कोषाध्यक्षमा अनन्तराज पौडेल छन् । सदस्यमा सुवास पौडेल, विशाल पौडेल, नवराज अिधकारी र रोहन गौतम निर्वाचित भए ।
गण्डकी प्रदेशस्तरीय हेभी इक्युपमेन्ट अपरेटर संघको प्रथम भेलाले प्रेमबहादुर थापा(कास्की)लाई अध्यक्षमा चयन गरेको छ । नवगठित संघको प्रदेश समितिको उपाध्यक्षमा गणेशबहादुर क्षेत्री (बागलुङ) ,महासचिव देवेन्द्र चोखाल(म्याग्दी) र कोषाध्यक्ष गुरुप्रसाद धमला (कास्की) छन् ।
सदस्यमा अवतार शर्मा (म्याग्दी), कुमार श्रेष्ठ (गोरखा), सुवोध गौचन (मुस्ताङ), हरिप्रसाद भुसाल (पर्वत) र सन्दीप पौडेल (पर्वत) चयन भए । प्रदेश समितिको विशेष सल्लाहकारमा श्यामनन्द शर्मा र सुशीलकुमार वाग्ले शर्मा छन् ।
कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघ गण्डकी अध्यक्ष टंकराज बरालले निर्माण व्यवसायी र अपरेटहरुको सम्बन्ध नङ र मासुको जत्तिको रहेको चर्चा गरे । अपरेटरहरुका समस्या समाधानका लागि संघ प्रतिवद्ध रहेको बरालले बताए । ‘निर्माण व्यवसायी र अपरेटर फरक हुन् भन्ने सोच्नु आवश्यक छैन । व्यवसायी र अपरेटरसँगै हिँड्ने छौं,’ बरालले भने ।
नेपाल निर्माण व्यवसायी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष प्रेम पहारीले अपरेटहरुले व्यवसायीबाट पाउनुपर्ने पारिश्रमिक लगायतका समस्या भए संघमा जानकारी गराउन आग्रह गर्दै संघले २४ घण्टाभित्रमा समाधान गर्ने प्रतिवद्धता जनाए ।
नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीका अध्यक्ष प्रेमबहादुर थापाको अध्यक्षतामा भएको समारोहमा संघका पूर्व अध्यक्ष एवं भेलाका संयोजक सुशील वाग्ले, नेपाल हेभी इक्युपमेन्ट व्यवसायी संघ कास्कीका सचिव भीम केसी, अटोवेज प्रालिका प्रेमराज पौडेल, कुश्मा नगरपालिका १२ का वडाध्यक्ष झलकप्रसाद रिमाल, अपरेटर संघ स्याङ्जाका अध्यक्ष म्याग्दी अध्यक्ष देवेन्द्र चोखाल, बागलुङका अध्यक्ष गणेश श्रेष्ठ, संघ कास्कीका सचिव किशोरप्रसाद गौतम, संघका सदस्य एवं कार्यक्रम संयोजक कृष्णप्रसाद पौडेल, संस्थाका पूर्वउपाध्यक्ष एवं संघ कास्कीका सदस्य उमानाथ आचार्य लगायतले बोलेका थिए ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया