सामाजिक अध्ययन मञ्चमा गोविन्दको नेतृत्व

पोखरा ।
सामाजिक अध्ययन मञ्च कास्कीको अध्यक्षमा गोविन्द काफ्ले सर्वसम्मत भएका छन् । शनिबार सम्पन्न १५ औं साधारण सभा तथा आठौं अधिवेशनबाट काफ्लेसँगै उपाध्यक्षमा नारायणी शर्मा, सचिवमा तिलक काफ्ले, कोषाध्यक्ष बृहस्पति लम्साल र सहसचिव केशवप्रसाद भट्टराई सर्बसम्मत निर्वाचित भएका छन् ।
सदस्यमा डिलकुमारी पौडेल, दीपक सापकोटा, हेम सुवेदी, रामप्रसाद ढकाल, बबिता सारु थापा, दयासागर पौडेल र विचित्र पौडेल चुनिए । कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ले संस्कार र संस्कृतिहरु लोपुन्मुख अवस्थामा रहेका बेला सामाजिक अध्ययन अध्यापन गराउने शिक्षकहरुले विद्यार्थीलाई जागरूप बनाई संरक्षण र प्रवर्धनका लागि योगदान गर्नुपर्नेमा जोड दिए ।
मञ्चले सामाजिक अध्ययन विषयमा देखिएका अन्योल हटाई अध्यापनमा एकरुपता ल्याई शिक्षक र विद्यार्थी केन्द्रित कार्यक्रम आयोजना गर्दै आएको निवर्तमान अध्यक्ष दिनेश अर्यालले बताए । त्यस अवसरमा नेपाली संस्कार, संस्कृति, भाषा, साहित्य, शिक्षा तथा सामाजिक गतिविधिमा योगदान गर्ने डा गेहेन्द्रमान उदास ‘पोखरेली’ लाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रतिवेदन लेखन प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरियो । संस्थाका संस्थापक कृष्णप्रसाद ढकाल संयोजक र संस्थापकहरु सन्तोष गुरुङ र टेकनाथ पौडेल रहेको निर्वाचन मण्डलले नयाँ समिति चयनका लागि सहजीकरण गरेको थियो ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया