फरक शैलीमा संगम सहकारीको साधारणसभा

पोखरा ।
संगम बचत तथा ऋण सहकारी संस्था पोखरा १५ ले यसपटकको साधारणसभा केही फरक शैलीमा सम्पन्न गरेको छ । सभालाई उद्घाटन र बन्द सत्र गरी दुई भागमा नगरिकन एकैपटकको बसाइमा विभिन्न विषय उपर छलफल समेत गरी सम्पन्न गरिएको हो ।
सभामा सचिव धनराज पुरीले पेस गरेको प्रगति प्रतिवेदन सहित भरतबहादुर थापाले पेस गरेको कोषाध्यक्षको प्रतिवेदन र भोविन्द्र गिरीले पेस गरेको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित गरेको छ । यसैगरी २०८०/८१ को लेखा परिक्षकको प्रतिवेदन पनि पास भएको छ । सोही सभामा गत आर्थिक वर्षको लाभांश तथा संरक्षित पुँजी फिर्ता कोषको रकम वितरण सम्बन्धी प्रस्ताव पनि पेस गरिएकोमा पारित भएको छ ।
सभामा संगम योग केसी स्मृति पुरस्कार र संगम सिद्धान्त कुँवर स्मृति छात्रवृत्ति पनि बितरण गरियो । सेयर सदस्यका परिवार मध्ये बाट कक्षा १२ मा उत्कृष्ट हुने दुई जनालाई दिइने संगम योग केसी स्मृति पुरस्कार बाट तुमिन थापा र कृतिका पुरीले नगद सहित सम्मान पत्र प्राप्त गरे । उनीहरुलाई अक्षयकोषदाता लक्ष्मी केसी र उनका परिवारले पुरस्कार प्रदान गरेका हुन् ।
यसैगरी सिद्ध माध्यमिक बिद्यालय पोखरा १५ मा कक्षा ९ र ११ मा अध्ययनरत विद्यार्थीहरु क्रमशः आयुस्मा पुन र एलिना श्रेष्ठले यस वर्षको संगम सिद्धान्त कुँवर स्मृति छात्रवृत्ति पाउन सफल भए । उनीहरुलाई पनि अक्षयकोषदाता सन्ध्या कुँवरले नगद र सम्मान पत्र सहित छात्रवृत्ति प्रदान गरिन् ।
सात करोड ५० लाख शेयर पुँजी , ४५ करोड ५२ लाख बचत, ४६ करोड ५८ लाख ऋण लगानी रहेको संस्थाको ६२ करोड ९२ लाख वासलात छ । यसैगरी जगेडा तथा अन्य कोषमा छ करोड ६७ लाख रहेको संस्थामा १२ करोड ७६ लाख तरलता रहेको छ । कास्की जिल्ला कार्यक्षेत्र भएको संस्थामा २९३३ जना शेयर सदस्य छन् । यसैगरी संस्थाले ऋण सुरक्षण कोषमा आवश्यक पर्ने शतप्रतिशत रकम १ करोड ७६ लाख ४४ हजरा रुपैयाँ व्यवस्था गरेको छ ।
सो अवसरमा साधारणसभाको उदघाटन गर्दै पोखरा १५ का वडा अध्यक्ष एवं संस्थाका सेयर सदस्य तोरणबहादुर बानियाँले वडा १५ कै पहिलो र ठूलो सहकारी संस्थाले गरेको प्रगतिले आफूलाई खुसी लागेको बताए । अध्यक्ष नवराज तिवारीले सबैको साथ सहयोगले गर्दा नै संगम गण्डकी प्रदेशकै उत्कृष्ट सहकारी बन्न सफल भएको भन्दै सबैलाई धन्यवाद व्यक्त गरे ।
लेखा सुपरिवेक्षण समिति संयोजक भोविन्द्र गिरीले ऋण सुरक्षण कोषमा शतप्रतिशत रकमको ब्यवस्थापनले संस्थालाई मजबुत बनाउने भएकोले सबैले ढुक्कसँग कारोबार गर्न अनुरोध गरे ।
कार्यालय प्रमुख बृहस्पति अधिकारीको संस्थागत प्रस्तुति रहेको सभामा कानुनी सल्लाहकार दयाराम गौतम, उपाध्यक्ष बुद्धिमान थापा, सचिव धनराज पुरी, अक्षयकोषदाता सन्ध्या कुँवर, विद्यार्थी तुमिन थापा, सेयर सदस्यहरु ई. आनन्द सापकोटा, टकदेवी पुन लगायतले मन्तव्य राखेका थिए ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया