भालुपहाडमा वृक्षरोपण

समाधान संवाददाता, स्याङ्जा
चौंथो राष्ट्रिय सामुदायिक वन दिवस २०७६ को अवसरमा पुतलीबजार नगरपालिका ४ भालुपहाडमा वृक्षरोपण तथा सरसफाइ गरिएको छ ।
नयाँ पर्यटकीय गन्तब्य भालुपहाडको विकासमा टेवा पुर्याउने उद्देश्यले डिभिजन वन कार्यालय र सामुदायिक उपभोक्ता महासंघले कपुर २०, तेजपात २५, अमला १५, लप्सी ३० र १ हजार अम्रिसोका बिरुवा रोपण गरिएको वन अधिकृत कोमलप्रसाद काफ्लेले जानकारी दिए । कार्यक्रममा भालुपहाड क्षेत्रमा फोहोर फल्न ५ वटा डस्टबिनसमेत राखिाएको छ ।
वन दिवसका अवसरमा जिल्लाका ५ सय २२ सामुदायिक वन उपभोक्ता समितिमध्ये संरक्षण तथा व्यवस्थापकीय रुपमा उत्कृष्ठ ३ वडा समितिलाई सम्मान पत्र र नगदले सम्मान गरिएको थियो । कार्यक्रममा नगर प्रमुख सिमाकुमारी क्षेत्रीले जनप्रतिनिधि जनताको कामका लागि भएकाले जनताको हितमा काम गरिरहेको बताइन् ।
निजी, सामुदायिक, सरकारी तथा वन गरी १ हजार रोपनी भालुपहाड क्षेत्रलाई नयाँ गन्तब्य बनाउन नगरपालिकाले डिपिआर अन्तिम चरणमा पुर्याएको क्षेत्रीले बताइन् । कार्यक्रममा सामुदायिक उपभोक्ता महासंघका अध्यक्ष दोवबहादुर कार्की, वडाध्यक्ष ओमबहादुर खडका, सहायक वन रक्षक अमर पराजुली लगायतले भालुपहाडको व्यवस्थापनमा स्थानीयको चासो दिनानुदिन बढ्नु पर्नेमा जोड दिएका थिए ।
यसैबीच भालुपहाड क्षेत्रको सरसफाइ गर्न नगरपालिका, डिभिजन वन र सामुदायिक वन उपभोक्ता समितिबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । ३ बुँदे हस्ताक्षर पत्रमा वन कार्यालयले राखेका डस्टबिन, सूचनामूलक होडिङबोर्ड, वृक्षरोपण गरिएका विरुवा रेखदेखको जिम्मेवारी भालुपहाड वन उपभोक्ता समितिको हुने रहेको छ ।









चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैध भन्न सक्दैन: महामन्त्री थापा- पूर्ण पाठसहित
सडक सञ्जालमा जोडिँदै गुर्जा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया