बेगनास तालमा सफाइ अभियानको ६९ औं शृंखला

समाधान संवाददाता
पोखरा
बेगनास युवा क्लबको बेगनास ताल सरसफाइ अभियान अन्तर्गत शनिबार ६९ औं शृंखला सकिएको छ ।
क्लब अध्यक्ष रामबहादुर रानभाटको नेतृत्वमा बेगनास ताल महिला समूह, होटल तथा रेस्टुरेन्ट एसोसियसन अफ लेखनाथ, बेगनास ताल बजार व्यवस्थापन समिति, रानाभाट सेवा समाज बेगनास ताल, मिलनसार तमु समाज, नमुना टोल विकास संस्था, सिलसिला अंग्रेजी स्कुल तथा रेडगोल्ड मन्टेसरी पोखरा ३१ का विद्यार्थी लगायत सहभागी थिए ।
सहभागीले बेगनासताल बजार, बेगनासताल प्रवेशद्वार, मन्दरे पार्क, ड्यामसाइड क्षेत्रमा गरी १० बोरा फोहोर संकलन गरेको क्लब अध्यक्ष रानाभाटले जानकारी दिए । क्लबले निरन्तर जारी राखेको बेगनास ताल सरसफाइ अभिायन ६९ औं शृंखलासम्म आइपुग्दा विस्तारै जनचेतना अभिवृद्धि हुँदै गएको उनले बताए ।
स्थानीयले पूर्णरुपमा साथ दिएको बताउँदै क्लब अध्यक्ष रानाभाटले बेगनास ताल क्षेत्र घुम्न आउनेहरुले डस्टबिनमा फोहर व्यवस्थापन नगरिदिँदा थोरै समस्या भएको उल्लेख गर्दै जनचेतनाका थप अभियान गरिनेसमेत बताए ।

एसओएस गण्डकीको ४२ औँ खेलकुद दिवस सुरु, ६१३ विद्यार्थीको प्रत्यक्ष सहभागिता
बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र
गण्डकी प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै प्यान वितरण, चुमनुब्री गाउँपालिकाले थाल्यो सेवा
शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया