बागलुङमा बाढीले बगाउँदा २ जनाको मृत्यु
समाधान संवाददाता
२०८१ भदौ २१ गते १३:२६

पोखरा ।
बागलुङ नगरपालिका ४ बान्द्रे खोलामा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । कुँडुलेदेखि मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटरमा चढेर बान्द्रे खोला तर्ने क्रममा उनीहरु बगेका थिए ।
खोलामा बग्दा सोही ठाउँका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अभिषेक रेग्मीको मृत्यु भएको बागलुङ प्रहरीले जनाएको छ । ती शव परीक्षणका लागि धौलागिरी अस्पताल बागलुङमा राखिएको छ । बाढीमा बगेर २० वर्षीय कमल सापकोटा बेपत्ता छन् । सापकोटा र रेग्मीको शब दुई सय मिटर तल फेला परेको थियो । राखिएको छ ।
सम्बन्धित








कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया