भारतीय सद्गुरुले गरे गुरुस्याङ्वो गुफामा ध्यान

मुस्ताङको थासाङ २ कालोपानी नाउरिकोट र गुरुस्याङ्वो गुफामा ध्यान योग गर्न जादा सद्गुरु जग्गी वासुदेवसहित उनको टोली । फोटोः ईन्द्रसिंह शेरचन
एसके थकाली, मुस्ताङ
गत मंलवार आफ्ना सहकर्मी ४९ शिष्यसहित मुस्ताङको थसाङ गाउँपालिका लेते आएका दक्षिण भारतका चर्चित आध्यात्मिक गुरु सद्गुरु जग्गी वासुदेव अहिले कोवाङको नाउरिकोटमा छन् ।
शनिवार नाउरिकोटबाट सिधै सिम्रिक एयरको हलिकप्टर चढेर धार्मिक स्थल गुरुस्याङवो गुफामा पुगेका उनले गुफाभित्र बसेर एक घण्टा ध्यान योग गरेको कर्णाली ट्रेकिङका प्रतिनिधि टंक दुवाडीले जानकारी दिए । जग्गी वासुदेव सहित ४–५ जनाको टोली गुफा पुगेको हो । अरु भने पैदलयात्रा गर्दै गुफा पुगि नाउरिकोट फर्किएका छन् । जग्गी वासुदेव सहित शिष्यहरुले गुफा नजिकको झरनामा स्नान समेत गरेको दुवाडीको भनाई छ ।
यसअघि जग्गी वासुदेवको टोलीले थासाङको टिटि लेकको समेत अवलोकन गरेको छ । त्यहाँको मनोरम प्राकृतिक सौन्दर्यता संग वासुदेवको टोलीले स्वर्गिय आनन्दको महशुस गरेको हो । थासाङका तालतलैया, नदी, खर्क र धौलागिरी आईसफलको छत्रछायामा सदगुरुको टोलीले आध्यात्मिक योग साधना र योग अध्यास गरेको अर्का ट्रेकिङ गाईड ईन्द्रसिह शेरचनले जानकारी दिए ।
भारतीय सद्गुरु मुस्ताङ आएको शनिवार ५ औ दिन पुगेको छ ।अग्ला कदका जग्गी वासुदेवले सेता दारी पालेका छन् । उनी आफ्ना शिष्यसहित कैलाश मानसरोवर जाने क्रममा हिमालपारी मुस्ताङ आएका हुन् । जग्गी सद्गुरु वासुदेव विश्वभर योग दर्शन र अभ्यासमा काम गर्ने इशा फाउन्डेसनक संस्थापक हुन् । जिल्ला प्रहरी कार्यालयका मुस्ताङका प्रहरी प्रमुख तुलबहादुर कार्कीले सद्गुरु वासुदेवको मुस्ताङ भ्रमण नितान्त आध्यात्मिक मात्र भएको यसअघि जानकारी दिएका थिए । सुन्दर हिमाली वातावरण अवलोकन गर्ने, शिष्यहरुलाई ध्यान र योग गराउने मुल उद्देश्यले मुस्ताङ आएको प्रहरीलाई टोलीले जानकारी गराइएको थियो ।
सद्गुरुको भ्रमण टोलीमा अमेरिका, चीन, लेबनान र भारतका शिष्य सहभागी रहेको प्रहरीले जानकारी गराएको थियो । सद्गुरु वासुदेव ६१ वर्षका छन् । सद्गुरुलाई भारत सरकारले सन् २०१७ मा आध्यात्मिक क्षेत्रमा र्पुयाएको योगदानबापत् पद्म विभूषणद्वारा विभुषित गरेको थियो । उनले विश्वका उत्कृष्ट विश्वविद्यालय अक्सफोर्ड, हार्वर्ड, स्ट्यान्फोर्ड, एमआईटी लगायतमा आध्यात्मिक प्रवचन दिइसकेका छन् । सद्गुरुले ’इनर इन्जिनीयररिङ’ कार्यक्रम समेत सञ्चालन गर्छन् ।
सन् १९७५ मा भारतको कर्नाटक राज्यको मैसूरमा जन्मिएका जग्गी वासुदेव ११ वर्षकै उमेरदेखि योगसाधानामा लागेका थिए । सद्गुरुले लेखेका कयौँ चर्चित पुस्तकहरू पनि छन् । उनका ८ भाषामा १०० भन्दा बढी पुस्तक लेखेका छन् ।









एसओएस गण्डकीको ४२ औँ खेलकुद दिवस सुरु, ६१३ विद्यार्थीको प्रत्यक्ष सहभागिता
बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र
गण्डकी प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै प्यान वितरण, चुमनुब्री गाउँपालिकाले थाल्यो सेवा
शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया