कर्मचारी युनियनको स्थापना दिवस

समाधान संवाददाता २०८१ भदौ २३ गते १२:१५

पोखरा ।
नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको उपलक्ष्यमा निजामती कर्मचारी युनियन गण्डकी प्रदेश कार्य समितिले स्थापना दिवस मनाएको छ । युनियनले पोखरा महानगरपालिका १४ मा रहेको बात्सयन वृद्धाश्रममा खाद्यान्न सामग्री वितरण गरेको छ ।

Advertisement


नेपाल निजामती कर्मचारी युनियन गण्डकी प्रदेश कार्यसमितिका अध्यक्ष दीपक रेग्मीले खाद्यान्न सामग्री वितरणले आश्रमका बुवाआमालाई छोराछोरीको अनुभूति हुने र एक्लोपनको अनुभूति नहुने विश्वास व्याक्त गरेका थिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिव केशवराज ढकाल ढकालले सामाजिक उत्तरदायित्व बहन गर्दै समाजका लागि सदैव लागिरहन युनियनलाई सुझाव दिए । नेपाल निजामती कर्मचारी युनियन गण्डकी प्रदेसका ११ जिल्लामा पनि स्थापना दिवसका अवसरमा कार्यक्रम भएको थियो ।

Advertisement


नवलपुरमा पोसाक वितरण गोरखा, स्याङजा र लमजुङमा खाद्यन्न तथा फलफूल वितरण बागलुङमा रक्ततदान मनाङमा वृक्षारोपण तनहुँमा हाजिर जवाफ प्रतियोगिता भएको जिल्ला जिल्लावाट युनियन कर्मिहरुले जानकारी दिएका थिए ।

पोखराको कार्यक्रमको सञ्चालन नेपाल निजामती कर्मचारी युनियन गण्डकी प्रदेश कार्यसमितिका सचिव टेकनारयण सुवेदीले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया