क्रम्पटनको आशीर्वाद ग्रहण, थाइल्यान्ड भ्रमण

पोखरा ।
भारतको चर्चित होम अप्लाएन्स ब्रान्ड क्रम्पटन आधिकारिक बिक्रेता सिजी इलेकट्रोनिक्सले यस दसैँ, तिहारको अवसरमा आफ्ना ग्राहकहरूलाई उत्कृष्ट उपहार र आकर्षक छुटका साथ विशेष योजना प्रस्तुत गरेको छ ।
‘आशीर्वाद ग्रहण, थाइल्यान्ड भ्रमण’ योजना अन्तर्गत, ग्राहकहरूले क्रम्पटनका उत्पादनहरू खरिद गर्दा थाइल्यान्डको अद्भुत भ्रमण जित्ने मौका प्राप्त गर्नेछन् । क्रम्पटन, जसले आफ्नो ८० वर्षको विश्वास र अनुभवबाट ग्राहकहरूको मन जितेको छ, यस अफरमा सहभागी हुने सबैलाई विभिन्न आकर्षक पुरस्कारहरू पाउने अवसर प्रदान गर्दै छ ।
मुख्य अफरहरू अन्तर्गत बम्पर लक्की ड्रमा भाग्यशाली जोडीलाई कम्पनीले थाइल्यान्ड भ्रमण जित्ने मौका दिइने भएको छ । यस बम्पर लक्की ड्रले ग्राहकलाई थाइल्यान्डको रोमाञ्चक अनुभव दिनेछ ।
साप्ताहिक लक्की ड्र अन्तर्गत प्रत्येक हप्ताको साप्ताहिक लक्की ड्रमा विजेताले ८ हजरा ५९० बराबरको एयर फ्रायर जित्न सक्नेछन् । १५ दिनको लक्की ड्रमा हरेक १५ दिनमा भाग्यशाली विजेताले १० हजार ७९० बराबरको इलेक्ट्रिक प्रेसर कुकर जित्ने मौका पाउनेछन्, जसले खाना पकाउनको लागि थप सहजता र समयको बचत गर्नेछ ।
क्रम्पटन ब्रान्डका पंखा, कुलर, हिटर, गिजर, मिक्सर ग्राइन्डर, प्रेसर कुकर, र अन्य धेरै घरेलु उपकरणहरू अफरमा समावेश गरेको छ ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया