होटल संघका सदस्यलाई यती एयरमा छुट

समाधान संवाददाता २०८१ भदौ २६ गते १६:३३

पोखरा ।
होटल संघ पोखरा नेपाल र यती एयरलाइन्स लिमिटेड काठमाडौंबिच संघका सदस्यहरुलाई सहुलियत दरमा हवाई टिकट उपलब्ध गराउने विषयमा हालै समझदारी भएको छ ।

Advertisement

नेपालका आधा दर्जन भन्दा बढी हवाई रुटका टिकटमा चार सय रुपैयाँदेखि छ सय रुपैयाँसम्म छुट प्रदान गर्ने विषयमा समझदारी गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

यती एयरलाइन्सको मोबाइल एप र वेबसाइटबाट टिकट खरिद गर्ने होटल संघ पोखराका सदस्यले यस्तो सुविधा पाउने यतिका पोखरा स्थित स्टेसन म्यानेजर रामप्रसाद लामिछानेले जानकारी दिए ।

Advertisement

संघको पोखरा स्थित कार्यालयमा आयोजित समारोहमा संघका अध्यक्ष सुवेदी र यतीका स्टेसन म्यानेजर लामिछानेले हस्ताक्षर गरी सम्झौतापत्र आदानप्रदान गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया