पाेखरामा स्विमिङ पुलमा डुबेर भारतीयको मृत्यु

समाधान संवाददाता २०८१ भदौ २७ गते ९:४३

पोखरा ।

Advertisement

पोखरा महानगरपालिका वडा नम्बर १७ मा पर्ने पावर हाउस रिसोर्टको स्विमिङ पुलमा डुबेर एक भारतीय पर्यटकको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशको लखनउ घर भएका २३ वर्षीय देवान सिंह पौडी खेल्ने क्रममा अचानक डुबेका थिए ।


उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए ।

Advertisement

मंगलबार दिउँसो साढे १ बजेतिर सिंह डुबेको उनीसँगै रहेका साथीले देखेपछि उद्धार गरी अस्पताल लगिएको थियो । मंगलबार दिउँसो ४ बजे चिकित्सकले सिंहलाई मृत घोषणा गरेका थिए ।


शव मणिपाल शिक्षण अस्पतालमा पोस्टमार्टमपछि देवानका बुवा प्रताव सिंहले बुझेर भारत लगेको प्रहरीले जनाएको छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शर्माले सुनाए ।

Advertisement

तपाईको प्रतिक्रिया