समाज सेवा युवा क्लबको स्थापना दिवस

पोखरा ।
पोखरा ७ मासबारमा रहेको समाज सेवा युवा क्लबको २९ औं स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा अन्तक्र्रिया सम्पन्न भएको छ ।
कार्यक्रममा पोखरा ७ का वडा अध्यक्ष राममोहन आचार्यले सामाजिक र विकास निमार्ण कार्यमा वडा सधैं वडावासी र वडामा रहेका संस्थाहरुको साथमै रहने बताए । वडा सदस्य विष्णुमणि बरालले वार्षिक रुपमा गरिने कार्यक्रमको कार्ययोजना बनाएर लाग्न आग्रह गरे ।
क्लबका पूर्वअध्यक्ष एवं नेकपा एमाले पोखरा ७ का अध्यक्ष किशोर बरालले आफ्नो सामाजिक कार्यको जग नै क्लब रहेको स्मरण गरे । नेपाली कांग्रेस पोखरा ७ का सभापति नवीनराज बरालले युवा गतिशील हुने भएकाले क्लबका कार्यक्रम आफैमा अभियान र सामाजिक विकृति विसंगति विरुद्घ सन्देश दिने संस्था रहेको बताए ।
वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेलले क्लबको विगतकोे क्रियाशीलतालाई अब फेरि अगाडि बढाउनुपर्नेमा जोड दिए । श्रीकृष्ण माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष शोभाचन्द्र बरालले विगतमा समयमै पुस्तान्तरण नगर्दा समस्या आएको बताए ।
डिज्नील्याण्ड एकेडेमीका प्राचार्य नरेशप्रसाद बरालले नयाँ पुस्तामा पठन संस्कृतिको विकास गर्न क्लबले सुरुवात गर्नुपर्ने सुझाव दिए । महिला क्लबका अध्यक्ष मीना आचार्यले आफूहरु पनि क्लबसँगै सहकार्य गरेर सामाजिक कार्यमा संलग्न हुँदै आएको सुनाइन् ।
महिला विकासका लागि आमा समूहका अध्यक्ष तुलसी बरालले समाजको समस्या समाजले नै समाधान गर्नुपर्ने बताए ।
कार्यक्रममा क्लबकोे विगतका बारेमा क्लबका पूर्वसचिव प्रमोद पौडेल, हालको कार्यको जानकारी र हालको समस्याका बारेमा क्लबका संरक्षक रमेश बरालले मन्तव्य राखे । क्लबका अध्यक्ष मधु अधिकारीको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष युद्ध बराल र सञ्चालन कार्यसमिति सदस्य सुमन पौडेलले गरेका थिए ।









भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया