आदर्श सहकारीका सदस्यलाई तालिम

समाधान संवाददाता २०८१ भदौ ३१ गते ९:३१

पोखरा ।

Advertisement

आदर्श बचत तथा ऋण सहकारी पोखरा १३ आर्वाको आयोजनामा शनिबार सहकारीका सेयर सदस्यका लागि एक दिवसीय सहकारी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।


पोखरा महानगर पालिका सहकारी समिति सदस्य नारायणप्रसाद आचार्यले सहकारीका विविध विषयमा सहभागीलाई प्रशिक्षण दिएका थिए । आचार्यले सहकारीको विश्व इतिहास, नेपालका सहकारी र तिनको स्थापनादेखि वर्तमान अवस्थाबारे सहजीकरण गरेका थिए ।

Advertisement

उनले सहकारी सञ्चालक र कर्मचारी बिचको अन्तरसम्बन्ध, सफल कर्मचारीका गुण, वित्तीय सुरक्षा तथा वित्तीय पहुँचका बिषयमा जानकारी दिए ।


सहकारीले सदस्य शिक्षा कार्यक्रम अन्तर्गत हरेक वर्ष सेयर सदस्यलाई यस प्रकारका तालिम दिँदै आएको छ । संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा उपसमिति संयोजक घनश्याम बराल र सचिव सूर्यप्रसाद बरालले समेत बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया