छोरेपाटन सहकारीको सभा
पोखरा ।
पोखरा महानगरपालिका १७ मा अवस्थित छोरेपाटन साकोसको सत्रौं साधारणसभा शुक्रबार भएकाे छ ।
समितिका अध्यक्ष रविरमण तिवारीले सहकारीहरु सहकारीको मर्म र भावनाअनुरुप चलाउनुपर्ने सुझाव दिए । वर्तमान सन्दर्भमा सहकारीप्रति जनमानसको दृष्टिकोण नकारात्मक भएको प्रति चिन्ता व्यक्त गर्दै खराब सूचीमा रहेका सहकारीहलाई कारबाहीको दायरामा ल्याउने दाबी गरे।
पोखरा २२ का वडाध्यक्ष हिमलाल बराल, पोखरा भ्यु पोइन्ट साकोसका अध्यक्ष मातृकाप्रसाद बराल, निलगिरी साकोसका सचिव तीर्थराज अधिकारी र शेयर सदस्य भुवानीप्रसाद पौडेलले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा माध्यमिक, स्नातक र स्नातकोत्तर तहमा उत्कृष्टता हासिल गरेका सेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो । स्नातकोत्तर तहतर्फ प्रदीप ढकाल र रोशन सुवेदी, स्नातक तहतर्फ सन्ध्या पौडेल, अस्मिता बास्तोला र सुदर्शन पौडेलले सम्मान प्राप्त गरे। माध्यमिक तहतर्फ असिम न्यौपाने, सुस्मिता बराल र ससिम खत्री सम्मानित भए ।
ज्येष्ठ सदस्य लछुमन बास्तोला, पदमपाणि ढकाल र जगनकुमारी गुरुङलाई सम्मान गरिएकाे थियाे । उत्कृष्ट कारोबारकर्ता सुवास पौडेल र उत्कृष्ट वचतकर्ता अन्जुमाया सुनुवार, गङगा प्रसाद रिमाल र शोभा के.सी छेत्री सम्मानित भए।
सभाले अध्यक्ष रविन्द्रराज बरालको अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष दिलबहादुर बराल र लेखा संयोजक चिन्तामणि शर्माको प्रतिवेदन सर्वसम्मतबाट पारित गर्याे ।









सर्भर स्लो, राजस्व लक्ष्य टाढा
जीवनस्तर र राजनीतिको अन्तरसम्बन्ध
सम्पादकीय—भेनेजुयलामाथि साम्राज्यवादी आक्रमण
कवितागाउँ’ लुम्लेमा विनोद गौचनको सालिक अनावरण : १२औं स्मृति दिवसमा स्रष्टाको सम्मान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया