मुक्तिनाथ फाउन्डेसनको वार्षिकोत्सवमा रक्तदान तथा दन्त परीक्षण

पोखरा। मुक्तिनाथ फाउण्डेशनले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
सामाजिक क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आएको यस संस्थाको वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम तथा निःशुल्क दन्त परीक्षण कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रममा ५५ पोका रगत सङ्कलन भएको छ भने ४८ जनाले निशुल्क दन्त परीक्षण सेवा लिएका छन् ।
रक्तदान कायक्रमलाई केन्द्रीय रक्तसञ्चार केन्द्रबाट प्राविधिक सहयोग प्राप्त भएको छ भने दन्त परीक्षण सेवाको लागि कान्तिपुर डेन्टल अस्पतालले प्राविधिक सहयोग गरेको हो ।
सोही अवसरमा संस्थाका अध्यक्ष भरतराज ढकालले १० हजार, सञ्चालक सिताराम काफ्लेले १० हजार तथा सञ्चालक रामप्रसाद पोख्रेलले १५ हजार संस्थालाई आफ्नो जन्मोत्सवको उपलक्ष्यमा आर्थिक सहयोग गरेका छन् ।
२०७८ असोज १ गते दर्ता भएको यस संस्थाले संस्थाका लक्षित वर्गका व्यक्ति तथा समुदायलाई सबलीकरण गर्न एक सशक्त सामाजिक संस्थाको रुपमा कार्य गर्नेछ ।









एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन
२ सरकारी कार्यालयको एकीकृत सेवा
सामाजिक विकास तथा कृषि समितिको बैठक आज
सर्भर स्लो, राजस्व लक्ष्य टाढा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया