ऋषिलीला पत्रकारिता पुरस्कार पौडेललाई

पोखरा ।
पोखरा वृद्धाश्रमद्वारा सञ्चालित ‘ऋषिलीला पत्रकारिता पुरस्कार–२०८१’ बाट पत्रकार वासुदेव पौडेललाई सम्मान गरिने भएको छ । ज्येष्ठ नागरिकका क्षेत्रमा विशेष योगदान दिएका कस्कीका ज्येष्ठ नागरिकहरु र सम्मानित हुन लागेका पत्रकार पौडेललाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०८१ असोज १५ गते सम्मान गरिने भएको हो ।
पोखराका शैक्षिक एवम सामाजिक क्षेत्रमा विशिष्ठ योगदान पुर्याएका प्रजातन्त्र सेनानी एवम पोखरा वृद्धाश्रम, सीतापाइलाका संस्थापक अध्यक्ष स्वर्गीय ऋषिकेशव पराजुली र उनकी धर्मपत्नी लीलादेवी पराजुलीको स्मृतिमा उनका छोरा कुसुमकेशव पराजुलीद्वारा स्थापित उक्त पुरस्कार राष्ट्रिय समाचार समिति गण्डकी प्रदेशका प्रमुख समेत रहेका पौडेललाई प्रदान गर्न लागिएको छ ।
पुरस्कारका लागि व्यक्तित्व छनोट गर्न पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष रवीन्द्र वास्तोलाको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिमा अधिवक्ता वेदनाथ भण्डारी, पोखरा १५ का पुर्व वडासदस्य पार्वती थापा एवं पदेन सदस्यमा वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुली र सचिव धर्मबहादुर गुरुङ थिए । उक्त समितिको सिफारिसलाई पोखरा वृद्धाश्रम सञ्चालक समितिको बैठकले अनुमोदन गरेको वृद्धाश्रमका सचिव धर्मबहादुर गुरुङले जानकारी दिए ।
पत्रकारिताका माध्यमबाट पोखरा वृद्धाश्रमको समग्र उन्नयनका साथै ज्येष्ठ नागरिकको हक अधिकार संरक्षणका पक्षमा कलम चलाउने सञ्चारकर्मीलाई वृद्धाश्रमले सम्मान गर्दै आएको पोखरा वृद्धाश्रमका कोषाध्यक्ष भीमप्रसाद सुवेदीले बताए । कोषाध्यक्ष सुवेदीका अनुसार पत्रकार वासुदेव पौडेललाई ५० हजार रुपैयाँ नगद प्रदान सहित दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिने जानकारी दिए ।









वन विज्ञानमा ‘हल्ट प्राइज’ को तयारी तीव्र : विद्यार्थीलाई उद्यमशील बनाउन विज्ञद्वारा प्रशिक्षण
पोखरामा चाँदनी जोशीको पुस्तक सार्वजनिक
नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर स्वतन्त्र बनाएपछि रास्वपामा आएँ : कुमार खड्का
रास्वपाको लक्ष्य १५१ सिट : रास्वपा उपसभापति डा. वाग्ले
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया