गण्डकी पेट्रोलियम कम्पनीको स्वर्ण महोत्सव
पोखरा ।
गण्डकी पेट्रोलियम कम्पनी प्रालिले स्थापनाको ऐतिहासिक स्वर्ण महोत्सव मनाएको छ । विभिन्न कार्यक्रमसहितको समारोहबिच कम्पनीले स्वर्ण महोत्सव मनाएको हो ।
पोखरा १० अमरसिंह चोकमा रहेको गण्डकी पेट्रोलियम कम्पनी पोखराको दोस्रो पेट्रोल पम्प हो । ५० जना सेयर सदस्य मिलेर २०३१ भदौ २७ गते तत्कालीन वाणिज्य विभागमा दर्ता भएको गण्डकी पेट्रोलियम कम्पनीमा हाल ४५ जना सेयर सदस्य छन् । संस्थापकमध्ये हाल ४ जनामात्र जीवित रहेको जानकारी सेयर सदस्य तेजमान गुरुङले दिए ।
स्वर्ण महोत्सव कार्यक्रममा भारतीय पेन्सन वितरण कार्यालय, रामबजारका प्रमुख ले.कर्नल पिएस बघेलले भूपू सैनिकहरुको सक्रियतामा आजभन्दा ५० वर्षअघि स्थापित गण्डकी पेट्रोलियमको स्वर्ण महोत्सव अवसरमा शुभकामना दिए ।
गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एसोसिएसन अध्यक्ष राजन गोंगजू, गोरखा स्मारक ट्रस्टका महासचिव प्राडा चन्द्रबहादुर गुरुङ, भूगोलविद प्राडा कृष्ण केसी, कम्पनीका संस्थापक सचिव शंकर गुरुङ, संस्थापक सेयर सदस्यमध्येका एक ह.हंसबहादुर गुरुङ, कम्पनीका सेयर सदस्य तेजबहादुर गुरुङ लगायतले बोलेका थिए ।
त्यस अवसरमा कम्पनीले प्रकाशन गरेको ‘स्वर्ण महोत्सव स्मारिका–२०८१’ विमोचन गरिएको थियो । संस्थाका पूर्व अध्यक्षहरुलाई योगदानको कदर गर्दै मरणोपरान्त सम्मान गरिएको थियो । सम्मानित हुनेमा संस्थापक अध्यक्ष कप.प्रेमबहादुर गुरुङ, पूर्वअध्यक्ष कप. चेतबहादुर गुरुङ र कप.डमरबहादुर गुरुङ छन् ।
संस्थापक सेयर सदस्यमध्ये भक्तिमाया गुरुङ (वीरनारी), मीमकुमारी गुरुङ, केशबहादुर गुरुङलाई पनि सम्मान गरियो । कम्पनी प्रबन्धक एवं संस्थापक सेयर सदस्य ह.हंसबहादुर गुरुङलाई दीर्घसेवा सम्मान गरिएको थियो । कम्पनीका संस्थापक सचिव शंकर गुरुङ पनि सम्मानित भए ।
कार्यक्रममा संस्थापक सबै सेयर सदस्य तथा तिनका परिवारलाई मायाको चिनो प्रदान गरिएको थियो । संस्थाका अध्यक्ष सु.गणेशबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सेयर सदस्य नारायणप्रसाद गुरुङले गरेका थिए । कार्यक्रममा भारतीय पेन्सन वितरण कार्यालयका भरतभूषण पाण्डे, सेयर सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।









पोखरामा २२ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आयोजना हुनुको महत्व
हिमालय आँखा अस्पतालद्वारा अर्जुनचौपारीमा ६१ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया
पोखराकी व्यवसायी मीलन थापा रास्वपामा
शिवशक्ति माविमा साढे दुई दशक प्रधानाध्यापक रहेका बास्तोलाको बिदाइ
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया