दीपशिखा पुस्तकालयमा चित्रकला प्रतियोगिता
पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालय तथा दीपशिखा बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा किशोरीहरुका लागि चित्रकला प्रतियोगिता भएको छ ।
प्रतियोगितामा विभिन्न विद्यालयका १५ किशोरीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा पोखरा महानगरपालिका वडा नम्बर ३२ मा रहेको गोगन माविकी जसिका गुरुङले प्रथम स्थान प्राप्त गर्न सफल भइन् ।
गोगन मा विकै सचिना तिवारीले द्वितीय स्थान तथा पोखरा महानगरपालिका वडा नम्बर २७ रिठेपानीमामा रहेको लिटल फ्लावर एजुकेसनल एकेडेमीकी मञ्जिला गुरुङले तृतीय स्थान प्राप्त गर्न सफल भए ।
कार्यक्रममा दीपशिखा सामुदायिक पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारी,सदस्यहरु कमला भण्डारी, विष्णुहरि पौडेल, पुस्तकालयका कार्यालय प्रमुख धनु पहारी, गोगन माविकी शिक्षक एलिसा केसी लगायतले चित्रकला प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए ।









रास्वपाको लक्ष्य १५१ सिट : रास्वपा उपसभापति डा. वाग्ले
बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
लौरुक खोलामा मोटरेवल पुल शिलान्यास
फोहोर व्यवस्थापन र वातावरण जोगाउन पोखराका सबै वडामा नाटक
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया