सेन्टर प्वाइन्टमा ‘प्याराडाइज स्पा’को शाखा

पोखरा ।
पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको सेन्टर प्वाइन्टमा प्याराडाइज स्पा एण्ड ब्युटी सैलुनले नयाँ शाखा विस्तार गरेको छ ।
पोखरा महानगरपालिका ६ स्थित अंशुभरा विल्डिङको दोस्रो तलामा प्याराडाइज स्पा एन्ड ब्युटी सलुनले दोस्रो शाखाको रुपमा गत सातादेखि सञ्चालनमा ल्याएको हो । रोशन लिम्बु नेतृत्वमा युवा व्यवसायीहरुको लगानीमा अत्याधुनिक सेवा दिने उद्देश्यसहित स्पा सञ्चालनमा ल्याइएको हो ।
स्पाबाट मेडिकेयर, पेडिकेयर साथै सौन्दर्य कला लगायत विभिन्न किसिमका (फुट मजाज, बडि मसाज) मसाजहरुको सेवा प्रदान गरिने सञ्चालक लिम्बुले बताइन् । स्पामा ज्याकुजी, आइस थेरापी, साउना, स्टिम लगायतका सेवा पनि प्रदान गर्ने तयारी भएको छ ।
‘हामी केही समयमै ज्याकुजी, आइस थेरापी, साउना, स्टिम लगायतका सेवा दिने तयारीमा छाैं,’ उनले भने, ‘त्यसका लागि चाइनाबाट सामान मगाएका छौं । करिब एक डेढ महिना जति लाग्न सक्छ ।’
दोस्रो शाखाको रुपमा सेन्टर प्वाइन्टमा आएको प्याराडाइजले विगत लामो समयदेखि हल्लनचोकबाट सेवा दिदैं आएको छ । उनले निकट भविष्यमा थप शाखाहरु बिस्तार गर्ने योजनासमेत रहेको बताए ।
मार्केटिङको क्षेत्रमा फरक पहिचान बनाएका लिम्बुले न्यूरोडमा र सृजनाचोकमा ड्रिमल्यान्ड फुडल्यान्ड तथा बगरमा ड्रिमल्यान्ड बारबर सप सञ्चालन गर्दै आएका छन् ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया