भारतीपुर उदयपुर ढाँसी बाटो शिलान्याश

नवलपुर ।
नवलपुरको बुलिङटार गाउँपालिकामा पर्ने ‘भारतीपुर–उदयपुर– ढाँसी’ सडक खण्ड स्तारोन्नतिको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व आन्तरिक मामिाल तथा कानुन मन्त्री तथा प्रदेश सभा सदस्य रोशनबहादुर गाहा थापाले सडक शिलान्याश गरेका हुन् ।
कार्यक्रममा गाहामगरले जनातामाझ गरेका प्रतिबद्धतालाई पूर्ण रुपमा कार्यान्वयन गर्न लागिपरेको बताए । उनले आफ्नो क्षेत्रको विकास र जनताको आवाजलाई सम्बन्धित ठाउँमा लैजाने जनाउँदै सधैं जनमुखी काम गर्न तल्लीन रहेको उल्लेख गरे ।
नवलपुर निर्वाचन क्षेत्र न. १ (ख) बाट निर्वाचित दोस्रो पटक निर्वाचित गाहामगरको पहलमा आर्थिक वर्ष २०८०/०८१ मा उक्त सडक स्तरोन्नतिका लागि ५ करोड बजेट विनियोजन भएको थियो ।
कार्यक्रममा बुलिङटार गाउँपालिकाका अध्यक्ष इन्जिनियर दीपेन्द्र सुनारीमगरले उक्त सडक खण्ड करिब ६ किलोमिटर रहेको जनाउँदै बुलिङटार गाउँपालिका ६ भित्रको रिङरोडको रुपमा निर्माण भइरहेको सुनाए ।
‘योचाहिँ हाम्रै ६ नम्बर वडामा पर्छ । तल्लो भेग कालीगण्डकी करिडोर पर्छ । अहिले भइरहेको काम रिङरोडको रुपमा बन्दै छ,’ उनले भने, ‘नाली बनाउने, ग्याबिङ गर्ने, सडक फराकिलो बनाउने, कटान गर्ने काम भइरहेको छ ।’
यसको ठेक्का पूर्वाधार विकास कार्यालयले लगाएको हो । सो आयोजना आफ्नै पालिकामा पर्ने भएकाले निर्धारित समयमै काम सक्नेगरी निरन्तर अनुगमन गरिने अध्यक्ष मगरको भनाइ छ ।
उनले ‘बस्न योग्य, हेर्न लायक समृद्ध बुलिङटार’ बनाउन आफू प्रतिबद्ध रहेको जनाउँदै यस क्षेत्रकै मुटुको रूपमा रहेको साबिक भारतीपुर रिङरोडको रुपमा ढाँसी– भारतीपुर हुँदै अत्रौली जोड्ने कामलाई पूर्णता दिन आफू अग्रपङ्तिमा रहेर काम गर्ने प्रतिबद्धता पनि जनाए ।
बुलिङटार ६ का वडाध्यक्ष मोहनराज पाठकले वडाको विकासका लागि आफू अहोरात्र खटिएको जनाए ।









भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया