कोलपाटनमा महिला हिंसाविरुद्ध सडक नाटक प्रदर्शन

समाधान संवाददाता २०८१ असोज ५ गते २०:२५

पोखरा । महिला अधिकारका लागि राष्ट्रिय अभियान कास्की जिल्ला शाखा पोखरा १५ को आयोजनामा शनिबार कोलपाटनमा महिला हिंसा विरुद्धको जनचेतनामूलक सडक नाटक शनिबार प्रदर्शन गरिएको छ ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १५ का अध्यक्ष तोरणबहादुर बानियाले उद्घाटन गर्दै आफुले समाजको लागि राम्रो गर्दा गर्दै पनि केहि व्यक्तिहरुले अनर्गल प्रचार गरेको भन्दै आफूलाई कुनै फरक नपर्ने वताए । उनले सडक नाटकले महिला हिंसा न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा महिला अधिकारका लागि राष्ट्रिय सञ्जालकी केन्द्रीयय उपाध्यक्ष दिलमाया गुरुङ, रामवजार प्रहरी चौकी इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक राजु थापा, प्रतिभा आमा समूह पोखरा १५ की अध्यक्ष भगवती कार्की खड्काले वोलेका थिए ।

Advertisement

सो अवसरमा कलाकारहरु सुनिता कँडेल, गीता शर्मा, माया लामिछाने, दुर्गा थापा, विष्णु गिरी, तारा बानिया, पुष्पा गुरुङ, गिता भण्डारी, शुशीला गुरुङ, सीता रानाभाट, सरस्वती अधिकारीले अभिनय गरेका थिए भने सलिना गुरुङले नृत्य प्रस्तुत गरेकी थिइन् ।

अभियानकी अध्यक्ष कुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष गिता शर्माले र सञ्चालन रमिता पौडेलले गरेकी थिइन ।

Advertisement

तपाईको प्रतिक्रिया